काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधिसभाको यो कार्यकाल भरि केपी शर्मा ओलीलाइ नै प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । यस्तै नकेपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । आज बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको हो ।
यस अगाडी आलोपालो प्रधानमन्त्रीको सहमति गरेको बिषयमा चर्चा हुँदै आएको थियो । यो निर्णयसंगै अध्यक्ष ओलीले बाँकी अबधिभर प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने छ भने पाटी सम्हाल्ने जिम्मेवारी प्रचण्डलाइ दिईएको छ ।
प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने र बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६, १६:३५