काठमान्डौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई हराएको छ ।
थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आज आइतबार भएको लिग चरणको आफ्नो चौंथो खेलमा नेपाल हङकङ विरुद्ध ४ विकेटले विजयी भएको हो ।
६३ रनको सामान्य लक्ष्य नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । लक्ष्य पछ्याउँदै खराब शुरुवात गरेको नेपालको इनिङ् अप्सरा बेगम र सरिता मगरले उकास्नुभएको थियो । बेगम र मगरले ३२ रनको साझेदारी गरेपछि नेपालको जितको आधार बनेको हो । अप्सराले सर्बाधिक २४ रन बनाउँदा सिता राना मगरको नाममा १६ रन रह्यो । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।
यसअघि हङकङको लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन बनाउनभयो । हङकङलाई कम स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिनुभयो । सरिता राना मगरको नाममा २ विकेट रह्यो । चार खेलमा तिन जित हात पारेको नेपाल अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५, १६:५४