काठमान्डु । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन हुन अब २ दिन मात्र बाँकी छ । तर ‘हिटिङ’ पौडी पोखरीको निर्माण भने अझै सकिएको छैन ।
सातदोबाटोको अन्तराष्ट्रिय खेलकुद परिसरमा निर्माण भइरहेको पौडी पोखरीमा पानी समेत हालिएको छैन ।
पोखरीका थुप्रै काम अझै अधुरै देखिन्छन् । खेलाडीका लागि चाहिने स्ट्याण्ड लगायतका प्राविधिक पक्ष जडान गर्ने काम पनि अझै भएको छैन । पोखरी बाहिरको क्षेत्रमा टायाल हाल्ने काम धमाधम निर्माण भइरहेको छ भने चेन्जिङ रुम र दर्शक बस्ने स्थानको निर्माण सकिएको छैन ।
पोखरीमा आज राती पानी हाल्ने तयारी भईरहेको इन्जिनियर कर्मा शाहीले सीआईएनलाई जानकारी दिनुभयो । उहाँले पोखरीमा १३ लाख लिटर पानी हालिने बताउनुभयो ।
पौडीको प्रतिस्पर्धा मंसिर १९ गतेदेखि हुने तय छ । पौडी पोखरी बाहिरको पनि कुनै काम सकिएको छैन । जसका कारण पोखरी वरीपरीको क्षेत्र धुलाम्मे देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६, १६:४०