कास्की । शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना जारी रहेको छ । सबैको चासोको रुपमा हेरिएको कास्कीमा नेकपा अगाडी छ । बिहाज ७ बजेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायम राख्नु भएको छ ।
भट्टराईले ३२७६ मत पाउनु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गर्नु भएको छ ।समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीका रजनी केसीले ३२ मत पाउनु भएको छ । पोखरा महानगरपालिका ३३ वडाको ९ वटा केन्द्रको मतगणना भइसकेको छ ।
निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार राती साढे १० बजे मतगणना सुरु गर्ने तयारी गरिए पनि मुचुल्का विवादले बिहान साढे ४ बजे मात्रै मतगणना सुरु भएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६, ०७:१९