काठमाडौं । गएको असोज १२ गते भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा पनि परेको छ ।
भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्याजमा भारत निर्भर नेपाली बजार, महङ्गीएको मात्रै छैन विक्रि र उपभोग पनि घटिरहेको छ ।
काठमाडौंमा किराना पसल गर्दै आउनुभएका सप्तरीका शशिकला चौधरीले तीन हप्ता भयो, प्याज बेच्न छोड्नुभएको । उहाँका अनुसार थोक मूल्य नै महङ्गो भएपछि खुद्रा बेच्न झन समस्या छ । प्याज किन्ने ग्राहक पनि घटेका चौधरी बताउनुहुन्छ ।
चौधरीले भन्नुभयो, ‘मूल्य घटेर आयो भने फेरि बेच्न सुरु गरौंला, दुई/तीन हप्ता भयो अहिले बेच्न छोडेको छु । किन्नेहरु पनि कम छन्, मान्छेहरुले प्याज खानै छोडे । पैसा हुनेहरुले त खाइरहेका होलान् ।’
थोक मूल्यमा नै प्रतिकिलोमा १ सय ७० भन्दा धेरै तिनुपरेपछि बेच्न छाड्ने मात्र होइन, खाजा, खाना बनाउने होटल तथा पसलहरूमा पनि प्याजको प्रयोग गर्न छोडिएको छ ।
थोक मूल्यमा नै प्रतिकिलोमा १ सय ७० भन्दा धेरै तिनुपरेपछि बेच्न छाड्ने मात्र होइन, खाजा, खाना बनाउने होटल तथा पसलहरूमा पनि प्याजको प्रयोग गर्न छोडिएको छ । ललितपुरमा होटल चलाउँदै आउनुभएका दोलखाका यशोदा केसी आफूले प्याज प्रयोग गर्नै छोडेको बताउनुहन्छ ।
केसीले भन्नुभयो, ‘एकसय ९० हुँदासम्म त किनेको थिएँ, अस्ति त दुईसय ४० भने खुल्ला अनि ल्याउन मनै लागेन । मैले खाना, खाजा खानको लागि आउने सबैलाई भनेको छु, प्याज मङ्गो छ म हाल्दिनँ भनेर । कसैले कम्प्लेन गर्नुभएको छैन । बरु उहाँहरुले किन्नु पर्दैन, प्याज नभएपनि मिठो हुन्छ, हामी यस्तै खान्छौं भन्नुहुन्छ । मासुमाचाहिँ चाहिने नै भएकाले थोरै हाल्ने गरेको छु ।’
केसीले अगाडी भन्नुभयो, ‘अभाव छ भनेपछि मूल्य पनि जथाभावी बढेको छ, जसले जतिमा बेच्न मन लाग्यो त्यतिमा बेचिरहेका छन् । हामी उपभोक्ता पनि उस्तै छौं । महङ्गो भएपछि नकिने त भइहाल्यो नि, झन हारालुछ गर्छौं ।’
अहिले बजारमा प्रतिकिलो दुईसयदेखि दुईसय ५० रुपैयाँसम्म प्याज विक्रि भइरहेको छ । खुद्रा पसलेले तीनसय रुपैयाँसम्म लिइरहेका छन् । प्याजको भाउ आकाशियपछि कतिपय उपभोक्ताले प्याज प्रयोग गर्नै छाडिरहँदा कतिपयले भने त्यसको विपल्प खोजिरहेका छन् ।
एकजना उपभोक्ता रचना शाक्य प्याजको मूल्य बढ्दा बजारमा हल्ला भएजस्तो समस्या आफूलाई नपरेको बताउनुहुन्छ । प्याज बिनाका परिकारहरुका बारेमा बुझ्ने/खोज्ने र त्यस्तै बनाउने गरेको उहाँको भनाइ छ ।
अहिले बजारमा प्रतिकिलो दुईसयदेखि दुईसय ५० रुपैयाँसम्म प्याज विक्रि भइरहेको छ । खुद्रा पसलेले तीनसय रुपैयाँसम्म लिइरहेका छन् ।
भारतले निर्यात बन्द गरेपछि चीनबाट प्याज आयात बढेको छ । प्याज महङ्गिँदा सर्वसाधारण मात्र होइन, मन्त्री र सचिवको भान्सा पनि प्रभावित भएको छ । कृषि मन्त्रालयका सचिव डाक्टर युवकध्यव जीसी पहिलेभन्दा थोरै किन्ने र निकै कम मात्रै प्याज प्रयोग गर्ने गरेको बताउनहुन्छ ।
बितेको तीन महिनामा ७ लाख ३६ हजार किलो भारतबाट र ४१ हजार किलो प्याज चीनबाट आयात भएको बताइएको छ । कृषि मन्त्रालयका अनुसार यहाँ खपत हुनेमध्ये ८० प्रतिशत प्याज बाहिरबाट ल्याउन परिरहेको छ । गत वर्षमात्रै ५ अर्ब ६२ करोड रुपैयाँ प्याजकै लागि बाहिरिएको छ ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दुईमहिना भन्दा धेरै भयो । त्यसैका कारण नेपालमा पनि प्याजको मूल्य अस्वाभाविक रूपमा बढेको छ भने कतै अभाव देखिन्छ । सर्वसाधारदेखि नीतिनिर्माणमा संलग्न भएकाहरूको भान्सामा प्याज चाहिन्छ । तर मुलुकभित्रै उत्पादनका लागि उल्लेख्य काम भएको छैन ।
देशमै प्याज उत्पादन बढाउन सरकारले प्रभावकारी काम नगरेको किसानको गुनासो छ । तर मन्त्रालय भने प्याज खेतीका लागि गरिएको आह्वानमा कोहीपनि किसानले दरखास्त नदिएको बताउँछ ।
देशमै प्याज उत्पादन बढाउन सरकारले प्रभावकारी काम नगरेको किसानको गुनासो छ । तर मन्त्रालय भने प्याज खेतीका लागि गरिएको आह्वानमा कोहीपनि किसानले दरखास्त नदिएको बताउँछ ।
करिब दुईमहिना अघि तरकारी तथा मसलाबाली विकास केन्द्रले गरेको पहिलो विज्ञापनमा कोही पनि किसानको दरखास्त नपरेको सचिव जीसीले बताउनुभयो । धेरै नाफा हुने र सजिलो बालीमा मात्रै किसान केन्द्रीत हुँदा प्याजको उत्पादन बढाउन नसकिएको सरकारको भनाइ छ ।
मन्त्रालयका सचिव जीसीले भन्नुभयो, ‘सरकारले प्रयासै नगरेको भन्ने होइन । तर किसान सजिलो र धेरै फाइदा हुने बालीमा केन्द्रीत हुँदा प्याजको उत्पादन बढाउन सकिएको छैन ।’
देशमै प्याज उत्पादन बढाउन सरकारको कार्यक्रमचाहिँ के छ ? यो प्रश्नमा सचिव जीसीले भन्नुभयो, ‘हामीले हाम्रा फार्म केन्द्रहरुमा व्यापक रुपमा बिउ उत्पादन, बेर्ना उत्पादन, नयाँ नयाँ प्रविधिको कुरा र भण्डारणको कुराहरुलाई अगाडी बढाएका छौं ।’
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालले गएको आर्थिक वर्षमा ५ अर्ब ६२ करोडको प्याज आयात गरेको थियो । आयात भएको प्याजमध्ये ९९ प्रतिशत भारतबाट र करिब एक प्रतिशत मात्रै चाइनाबाट आउँछ ।
चाइनिज व्याज आकारमा ठूलो र स्वादिलो नहुने भएकाले उपभोक्ताले कम मन पराउने व्यापारीहरु बताउँछन् ।
प्याजखेती उच्च हिमालीबाहेक नेपालका सबै ठाउँमा हुन्छ । नेपालमा एक पाउदेखि आधा किलोसम्मका प्याजको गाना उत्पादन हुने तरकारी बाली विकास केन्द्रले दाबी गरेको छ । तर भइरहेको प्याजको खेती निर्वाहमुखी हुँदा आयात घट्न सकेको छैन ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६, १७:४३