धनुषा । धनुषाको ढल्केवरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
राती २ बजेतिर काकरभिट्टाबाट गौर जाँदै गरेको ना. ५ ख. ४९६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना.६ ख. ९४२९ नम्बरको ट्रक ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा भारत मोतिहारीका जयमंगल ठाकुरका अन्दाजी २५ वर्षका छोरा उदेश ठाकुर । त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने अन्दाजी ४० वर्षका शिवकाला देवी मण्डलको पनिम मृत्यु भएको धनुषाका एसपी शेखर खनालले सीआईएनसँग बताउनुभयो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरुमध्ये केहि सामान्य उपचारपछि फर्केका छन् भने केहिको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५, ०८:४६