दक्षिण एसियाली खेलकुद साग अन्र्तगत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । भुटानलाई २ –१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १÷१ गोलको योगदान गर्नुभयो ।
खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको हो । त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएपनि फेरि नेपालका तर्फबाट ५३ औँ मिनेटमा सुनिलले अर्को थप्नुभयो । यससंगै नेपालले जित हाँसिल गरेको हो ।
जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६, १७:०९