काठमाडौं । १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडी सरकारले नगदसहित विषेश सम्मान गरेको छ । स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गर्नु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् ।
यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ६ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६, १९:२१