धनुषा । धनुषामा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ स्थित राजेश साहको घरमा संकास्पद वस्तु भेटिएको भन्दै भिड जम्मा भएको बेला विस्फोट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सीआईएनलाई जानकारी दिनुभयो ।
मृत्यु हुनेमा घरधनि ४६ वर्षका राजेश्वर साह र उहाँका २४ वर्षका छोरा सञ्जय साह रहेका छन् । दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रमूख जिल्ला अधिकारी कणेलले उहाँले बताउनुभयो ।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो, मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि धरान पठाइएको छ । प्रहरी निरिक्षक दाहाल र प्रहरी जवान महतोको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटना के कारणले भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनुभयो । अहिले घटनास्थल आसपासका क्षेत्रमा गस्ती पनि बढाइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६, ०७:४९