बारा । निजगढ–काठमाण्डौ द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्तिबापतको वृक्षरोपणका लागि जमिन अभाव भएपपछि यतिबेला नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ ।
द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७ सय र पछिल्लो समय निर्माणका लागि १७ हजार ९ सय ४९ वटा रुख काटेको सेनाले सुरुङ्ग र पुल निर्माणका लागि पुनः करिव दुई हजार रुख काटिने अनुमान गरेको छ ।
सरकारसँगको सम्झौता अनुसार द्रुतमार्ग निर्माणका क्रममा क्षति हुने प्रति रुख २५ वटाका दरले १९ हजार नौ सय ४९ वटा रुखबापत सेनाले करिब पाँच लाख वृक्षरोपण गर्नुपर्नेछ ।
जसका लागि सेनालाई तीन सय १५ हेक्टर खाली जमिन आवश्यक पर्छ । ललितपुर, मकवानपुर र बाराको वन क्षेत्रबाट काटिएका र काटिने क्रममा रहेका ती रुखबापतको वृक्षरोपण सम्बन्धित जिल्लामै गरिनुपर्ने सम्झौतामा उल्लेख छ ।
तर ललितपुर र मकवानपुरमा वृक्षरोपणका लागि खाली जमिन उपलब्ध नभएपपछि बारामै पाँच लाख बिरुवा रोप्ने तयारी सेनाले गरेको छ । आवश्यक तीन सय १५ हेक्टर मध्ये आयोजनाले हालसम्म ५.६१ हेक्टर क्षेत्रफलमा बिभिन्न प्रजातिका पाँच हजार बिरुवा रोपिसकेको छ ।
मकवानपुरको राज दमार र बाराको निजगढ गरी दुई स्थानमा सेनाले प्रमुख सेनानीको मातहतमा वन विशेषज्ञसहितको छुट्टै यूनिट खडा गरी वृक्षरोपणका लागि आवश्यक विरुवा उत्पादन गरेको छ ।
डिभिजन वन कार्यालय बाराले आयोजनालाई जमिन उपलब्ध गराएको थियो । डिभिजन वन बाराले ९१ हेक्टर खाली जमिन हस्तान्तरण गरिसकेको र जसमध्ये साढे पाँच हेक्टर क्षेत्रफलमा वृक्षरोपण सम्पन्न गरी रेखदेख गरिरहेको द्रूतमार्ग सडक आयोजना, वृक्षारोपण कार्यदल निजगढका प्रमुख सेनानी सुशिलकुमार कार्कीले जानकारी दिनुभयो ।
डिभिजन वनमार्फत प्राप्त थप ७० हेक्टर क्षेत्रफलमा यही पुस महिनाभित्रै एक लाख १० हजार बिरुवा रोप्ने तयारी भैरहेको कार्कीले बताउनुभयो । त्यसका लागि आयोजनाको निजगढस्थित नर्सरीमा टिक, खयर, सिमल, सिसौ, अमला, निम, बेललगायत प्रजातिका बिरुवा तयार भइसकेका छन् ।
उपलब्ध जग्गामा वृक्षरोपण
आवश्यक तीन सय १५ हेक्टर मध्ये आयोजनाले हालसम्म ५.६१ हेक्टर क्षेत्रफलमा बिभिन्न प्रजातीका पाँच हजार बिरुवा रोपिसकेको छ ।
उक्त जमिन डिभिजन वन कार्यालय बाराले आयोजनालाई उपलब्ध गराएको थियो । ‘डिभिजन बन बाराले हामिलाई ९१ हेक्टर खाली जमिन हस्तान्तरण गरिसकेको छ ।’ द्रूतमार्ग सडक आयोजना, वृक्षारोपण कार्यदल निजगढका प्रमुख सेनानी सुशिलकुमार कार्कीले भन्नुभयो, ‘जसमध्ये साढे पाँच हेक्टर क्षेत्रफलमा वृक्षरोपण सम्पन्न गरी रेखदेख गरिरहेका छौँ ।’
डिभिजन वनमार्फत प्राप्त थप ७० हेक्टर क्षेत्रफलमा आगामी पुस महिनाभित्रै एक लाख १० हजार बिरुवा रोप्ने तयारी भइरहेको कार्कीले बताउनुभयो ।
वृक्षरोपणका लागि आफूहरू उत्सुक भएको तर सेनाले बेवास्ता गरेर अघी बढीरहेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । ‘यो कार्यक्रम सुरु भएको लामो समय बितिसक्दा समेत सेनाले सम्बन्धित स्थानीय तहसँग समन्वय आवश्यक नठान्नु दुःखद् हो ।’ खनालले भने ।
मकवानपुरको राज दमार र बाराको निजगढ गरी दुई स्थानमा सेनाले प्रमुख सेनानीको मातहतमा वन विशेषज्ञसहितको छुट्टै यूनिट खडा गरी वृक्षरोपणका लागि आवश्यक विरुवा उत्पादन गरेको छ ।
समन्वयका लागि स्थानीय सरकार इच्छुक
वृक्षरोपणका लागि डिभिजन वनसँग समन्वय गरेर अगाडि बढीरहेको आयोजनाले आफूहरुलाई बेवास्ता गरेको गुनासो स्थानिय सरकारले गरेको छ ।
आयोजनाले गरेको सरोकारवालाहरूबीचको छलफलमा भाग लिँदै निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले वृक्षरोपणका लागि आफूहरू उत्सुक भएको तर सेनाले बेवास्ता गरेर अघी बढीरहेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । ‘यो कार्यक्रम सुरु भएको लामो समय बितिसक्दा समेत सेनाले सम्बन्धित स्थानीय तहसँग समन्वय आवश्यक नठान्नु दुःखद् हो ।’ खनालले भने ।
निजगढभित्र भएका नदी कटान क्षेत्र, सामुदायिक वन, ऐलानी, पर्ती जमिन गरी आयोजनालाई आवश्यक पर्ने सबै जमिन उपलब्ध गराउन आफूहरु तयार रहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६, १८:०८