कृष्ण विष्ट,रेडियो सेभेनस्टार, बैतडी
तराई मधेसका अधिकांश जिल्लामा दाईजोका कारण महिला हिंसाका घटना हुने गरेका छन् ।
नेपालको अन्य क्षेत्रमा पनि दाईजोसँग जोडिएका महिला हिंसाका घटना फाट्टफुट्ट सुन्ने गरिन्छ ।
तर सुदुरपश्चिमको बैतडीमा भने दाईजो नल्याएकै कारण कोही पनि महिला हिंसामा नपरेको पाइएको छ ।
यो वर्ष जिल्ला प्रहरी कार्यालय बैतडीमा दाईजोका कारण हिंसा भोग्नु परेको भन्दै कुनै पनि महिलाको उजुरी परेको छैन ।
अविभावकले छोरीको विवाह हुँदा नै दाईजो दिनु पर्ने चलन बिस्तारै कम हुँदै गएको पाटन नगरपालिका वडा नम्बर ९ भट्याडीका बिरा भाँट बताउनुहुन्छ ।
तराई मधेसका जिल्लामा तोकेरै दाईजो लिने चलन भएपनि बैतडीमा त्यस्तो छैन ।
कतिपय अविभावकले छोरीलाई आफ्नो गच्छे र अवस्था हेरेर सहयोग गर्छन् । तर त्यस्तो सहयोग दाईजोको रुपमा नभएको स्थानीयको भनाइ छ ।
स्थानीय दुरा भाँट दाइजो ल्याउनुपर्ने वा दिनुपर्ने भनेर करकाप नहुने गरेको बताउनुहुन्छ ।
भाँटले भन्नुभयो, ‘यति नै दिएमात्रै हामी बिहे गछौं भन्ने पहाडमाचाहिँ हाम्रो त्यस्तो अहिलेसम्म छैन ।’
पछिल्लो समय समाज शिक्षित बन्दै गएको छ । अनि स्थानीय र प्रदेश सरकारको हिंसामुक्त समाज बनाउने कतिपय अभियान पनि प्रभावकारी बनेका छन् ।
अडियो सुन्नुहोस् :