काठमाडौं । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज विहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो ।
दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुनेछ । हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३ दशमलव ५ डिग्रीले टाढा हुन्छ । जस कारण सूर्यको किरण अन्य समय भन्दा थोरै आउँछ र रात धेरै हुनेगरेको छ ।
रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ। प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरिएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले जानकारी दिनुभयो । भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जानेछ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६, ०८:४०