धादिङ । ‘विविधता, बहुलता र लैङ्गिक समानता, सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित हिजोदेखि धादिङमा सुरु भएको राष्ट्रिय परामर्श कार्यक्रम आज सकिँदैछ ।
धादिङको गल्छि गाउँपालिकाको बैरेनीमा सुरु भएको सम्मेलनमा सामुदायिक प्रसारणमा महिलाको सहभागिता र सवालका विषयमा छलफल भइरहेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले गरेको राष्ट्रिय परामर्श कार्यक्रममा देशभरका सामुदायिक रेडियोका एक सयभन्दा धेरै रेडियोकर्मी, पत्रकार, विज्ञ तथा सरोकारवालाको सहभागिता छ ।
बैरेनी घोषणापत्र जारी गर्दै आज कार्यक्रम सकिने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
देशभरी अहिले ३ सय पचास वटा रेडियो छन् । ती रेडियो मध्ये झण्डै २१ वटा रेडियोमा महिला अध्यक्ष छन् । ३३ वटा रेडियो महिलाको नेतृत्वमा चलिरहेका छन् । १० वटा रेडियोमा कुनै पनि पुरुषको सहभागिता छैन ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६, ०८:४३