काठमाडौं । सात वर्षदेखि उखु मिलले दिन बाँकी रकम नदिँदा सर्लाहीका हरिश्याम रायलाई घर चलाउन समस्या छ । बाँकी रकम पाउने आशमा उहाँ १५ दिनदेखि काठमाडौंमा हुनुहुन्छ ।
सर्लाहीकै रामपुर गाउँपालिकाका मायाशंकर यादवको जिवन निर्वाह गर्ने बाटो नै उखु खेती हो । तर २०७० सालदेखी अहिलेसम्म उहाँले मिलबाट रकम नपाएपछि धितो राखेर लिएको ऋण तिर्न नसक्दा घर जग्गा लिलामी हुने अवस्थामा पुगेको छ ।
उखु किसानका लागि फसल काट्ने बेला हो । उखुको कटनी गर्ने बेला ६० जना किसान काठमाडौंमा भुक्तानी माग गर्दै धर्ना दिइरहेका छन । ८ दिनदेखि सानेपाको एक कवाड गोदाममा उनीहरुले आश्रय लिइरहेका छन् ।
‘उखुको पैसा नपाएपछि बाँकी गुजारा चलाउन पनि घर राखेर बैंकको ऋण लिइयो’ उहाँले भन्नुभयो, ‘उखुको पैसा आएपछि तिरौला भन्ने थियो अहिले त्यो पैसा आएन बैंकको चिठी आयो हामी चिन्तामा छौ ।’
सरकारले तोकेको भाउमा नभइ उद्योगीले निर्धारण गरेको भाउमा उखु दिँदा पनि पैसा पाउने गरेका छैनन् । गाउँका धेरै किसानने २०७० सालदेखि २०७५ सालसम्म उत्पादन गरेर दिएको उखुको पैसा नपाएको उहाँले बताउनुभयो ।
किसानको उखुको मुल्य मात्र होइन, सरकारले दिएको अनुदान रकमसमेत चीनि उद्योगले दिएका छैनन् । उखु किसानका लागि फसल काट्ने बेला हो । उखुको कटनी गर्ने बेला ६० जना किसान काठमाडौंमा भुक्तानी माग गर्दै धर्ना दिइरहेका छन । ८ दिनदेखि सानेपाको एक कवाड गोदाममा उनीहरुले आश्रय लिइरहेका छन् ।
किसान मायाशंकर यादवले दिउँसो भुक्तानीका लागि र राती जाडो भगाउन संघर्ष गरिरहनु परेको पीडा सुनाउनु भयो । ‘काठमाडौं आएपछि भुक्तानी पाइएलाकी भन्ने आशा पनि लागेको छ तर सँगै तराइमा शीतलहरले परिवार त लाने होइन भन्ने चिन्ता पनि छ’ उहाँले पीडा ओकल्दै भन्नुभयो, ‘आशा र चिन्ताको बाद मडारिएर आँखाबाट बर्षा झरिरहेको छ ।
किसानको पैसा भुक्तानी नदीने तीन वटा सुगर मिल्समध्ये एउटा महालक्ष्मी सुगर मिल्स पनि हो । मिलका सञ्चालक बिरेन्द्र कनोडिया प्रदेश पाँचको प्रदेशसभा सदस्य हुनुहुन्छ । सीआईएनले सम्पर्क गर्दा उहाँले भन्नुभयो‘ केही किसानको मात्रै बाँकी छ त्यो पैसा हामी तिछौं ।’
काठमाडौंमा धर्नामा आएका किसाहरुले चिनी उद्योगीहरुले भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । साथै सरकारले निर्धारण गरेको मूल्य पाउनुपर्ने उनीहरुको अर्को माग छ । काठमाडौंको चिसोमा आएर धर्ना बसेपनि उनीहरुको मनमा घर परिवारको चिन्ता छ। किसानहरु भन्छन ‘तराइको चिसो र शीतलहरले परिवारलाई अप्ठयारो पर्ला की भनेर मन पिरोलि रहेको छ । ’
सर्लाहीका उखु किसान उद्योगले पैसा तिर्न बाँकी भएको बिल नै बोकेर सिंहदरबार छेउमा न्याय मागीरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यामकुमारी खतिवडाले सरकारले गम्भिर रुपमा छलफल गरिरहेको जानकारी दिनुभयो ।
६ वटा चिनी मिलले अझै पनि किसानलाई भुक्तानी दिएका छैनन । सर्लाहीमा मात्रै अन्नपुर्ण, महालक्ष्मी र इन्दुशंकर गरी तिनवटै मिलबाट सबै किसानको गरेर करिव ५० करोड भन्दा बढी भुक्तानी बाँकी छ । अन्नपूर्ण सुगर मिलबाट मात्र १२ हजार किसानले भुक्तानी पाउन बाँकी छ । महालक्ष्मी सुगर मिलले ६० करोडको उखु खरिद गरेकोमध्ये १३ हजार किसानको २१ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६, ०७:३५