काठमाडौं । आजबाट नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो ।
आज विशेष कार्यक्रमसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष २०२० सुरु भएको हो । २० लाख विदेशी पर्यटक भित्र्याउने र भित्रिएका पर्यटकलाई व्यवस्थापन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ ।
भ्रमण वर्षको आज दशरथ रङ्गशालामा एक समारोहका बीच उद्घाटन भएको छ । काठमाडौंको दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्नु भएको छ ।
नेपाल भ्रमण वर्षले हरेक नेपालीलाई जोड्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सीआईएनसँग बताउनुभयो ।
सीआईएनसँगको विशेष कुराकानीमा मन्त्री भट्टराईले यो वर्ष विगतका वर्षहरुभन्दा भिन्न हुने बताउनुभएको हो । नेपाल आउने पर्यटकले नेपालीको एकता, उत्साह र जाँगरलाई थप हौसला प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ ।
भ्रमण वर्षलाई मध्येनजर गर्दै विभिन्न क्षेत्रमा प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुलाई सिङ्गारिएको छ । पर्यटकीय क्षेत्रमा नेपाली कला सँस्कृतिको प्रदर्शनीसमेत हुने नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले सीआईएनलाई जानकारी दिएको छ ।
पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्यसहित राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशतको योगदान पु¥याउने दशवर्षे लक्ष्य सरकारले लिएको छ ।
यसैबीच, भ्रमण वर्षको पहिलो दिन काठमाडौंको दशरथ रंगशालामा हुने विशेष समारोहमा सहभागी हुन भारत, चीन, जमैका र म्यानमारका पर्यटन मन्त्री हिजै काठमाडौं आएका छन् ।
मन्त्री भट्टराईसँगको कुराकानी सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६, ०७:२४