काठमाण्डौं । बुवा राजेन्द्र ढकाल वेपत्ता हुँदा गोरखाको सिरानचोक गाउँपालिका हर्मीका विवेक ढकाल १ वर्षको मात्रै हुनुहुथ्यो ।
अहिले उहाँ बाबुको खोजीमा बहस, छलफल र वकालत गर्ने हुनुभएको छ । २२ वर्ष बित्दा पनि बुवाको अवस्था थाहा नहुँदा विवेकलगायत सिङ्गो ढकाल परिवार र आफन्त खोजीका लागि प्रयासरत छन् ।
तत्कालीन माओवादीको जनयुद्धलाई सघाएको आरोपमा २०५५ साल पुस २४ गते राजेन्द्र ढकाललाई तनहुँबाट प्रहरीले गिरफ्तार गरेको थियो । त्यसयता उहाँको अवस्था अज्ञात छ ।
आज काठमामाडौँको नयाँ बजारमा आयोजित 'राज्यद्वारा वेपत्ता पारिएका राजेन्द्र ढकाल स्मरण र खोज' अभियान कार्यक्रममा राजेन्द्रकी श्रीमती बिमलाले आफ्नो श्रीमानको वास्तविकता सार्वजनिक गर्नमा राज्य उदासिन देखिएको गुनासो गर्नुभयो ।
तनहुँको बेलचौतारा इलाका प्रहरी कार्यालयका तत्कालीन इन्सपेक्टर कुशबिक्रम राणाको नेतृत्वमा गएको प्रहरी टोलीले ढकालसहित अन्य दुईजना शिक्षकलाई तहनहुँको गाम्दी खोलामा नुहाइरहेको अवस्थामा प्रक्राउ गरेको थियो । ढकालसँगै प्रक्राउ परेका अन्य दुई शिक्षकलाई भने २ दिन पछाडि नै प्रहरीले रिहा गरेको थियो ।
राज्यद्वरा वेपत्ता बुवाको खोजीमा विवेकसहित उहाँका आमा र दिदीहरू मञ्जिमा र ममताले निरन्तर पहल गर्दै आउनुभएको छ ।
सर्वोच्च अदालतले ढकाललाई पक्राउ गर्ने कुशबिक्रम राणालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन २०६४ साल जेठ १८ गते आदेश दिएको थियो । आदेश भएको १२ वर्ष बित्दा न राणा प्रक्राउ परे न ढकालको वास्तविकता खुल्न सक्यो ।
राजेन्द्रका भाइ रवीन्द्र ढकालले हालेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले नै राणालाई प्रक्राउ गरी वास्तविकता पत्ता लगाउन भनेको थियो तर अदालतको आदेश कार्यान्वयन हुन नसकेको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् ।
ढकालका छोरा विवेकले भन्नुभयो, ‘वुवाको वास्तविकता थाहा नपाउन्जेलसम्मको लागि खोजको पहल निरन्तर जारी राख्नेछौँ । मेरो वुवा वेपत्ता हो, कृपया सहिद भन्ने गल्ति नगर्नुहोला ।’
आज काठमामाडौँको नयाँ बजारमा आयोजित 'राज्यद्वारा वेपत्ता पारिएका राजेन्द्र ढकाल स्मरण र खोज' अभियान कार्यक्रममा राजेन्द्रकी श्रीमती बिमलाले आफ्नो श्रीमानको वास्तविकता सार्वजनिक गर्नमा राज्य उदासिन देखिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको टुङ्गो लगाउन र जनयुद्धको समयमा वेपत्ता भएकाहरूको वास्तविकता पत्ता लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग कामविहीन छ भन्ने अनि हामीले न्याय नपाउने अवस्था दुखद हो ।’
‘वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अहिले त नेतृत्वविहीन छ तर यसअघि पनि त्यहाँ बसेर जागिर खाने काम मात्रै भयो ।’ बिमलाले भन्नुभयो, ‘बेपत्ताहरुको अवस्था के छ ? पत्ता लगाउने काम भएन ।
वेपत्ता छानबिन आयोग आफै गुमनाम रहँदा वेपत्ता परिवारको घाउमा मलमपट्टी कसले लगाउने ?’ आफ्नो श्रीमान बारेको वास्तविकता पत्ता नलागेसम्म निरन्तर खवरदारी गरिरहने उहाँको भनाइ छ ।
‘राजेन्द्र ढकाल स्मरण र खोज अभियान’ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद हरि अधिकारीले ढकाल मारिएको भए पनि प्रमाणसहित वास्तविकता दिन र होइन भने के हो सत्य पत्ता लगाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
न्याय दिन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गत वर्षको चैतदेखि पदाधिकारीविहीन छन् । जसका कारण वेपत्ता पारिएका व्यक्तिका आफन्तले चाँडै न्याय पाइएला भन्ने सोच्न सकेका छैनन् ।
विगतमा तत्कालीन माओवादीको नेतृत्वमा रहेको सरकारले पनि वेपत्ताहरूको छानबिनको लागि पहल नगरेकोमा असन्तुष्टि जनाउदै अधिकारीले अहिलेको बहुमतको सरकारले पनि वेपत्ताको वास्तविकता पत्ता लगाउन नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।
ढकालका छोरा विवेकले भन्नुभयो, ‘वुवाको वास्तविकता थाहा नपाउन्जेलसम्मको लागि खोजको पहल निरन्तर जारी राख्नेछौँ । मेरो वुवा वेपत्ता हो, कृपया सहिद भन्ने गल्ति नगर्नुहोला ।’
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अनुसार १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा २ हजार २ सय ८९ नागरिक वेपत्ता छन् । उनीहरूको अवस्था अझैँ थाहा हुनसकेको छैन ।
आयोगका अनुसार गोरखाबाट मात्रै ३७ नागरिक वेपत्ता भए । द्वन्द्वकालमा सबैभन्दा धेरै बर्दियाबाट २ सय ४२ नागरिक वेपत्ता भएका छन् ।
न्याय दिन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गत वर्षको चैतदेखि पदाधिकारीविहीन छन् । जसका कारण वेपत्ता पारिएका व्यक्तिका आफन्तले चाँडै न्याय पाइएला भन्ने सोच्न सकेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६, १५:१६