काठमाडौँ । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा नदिने अडान दोहर्याएपछि अब कस्तो रणनीति अपनाउने भन्ने बारेमा नेकपाका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् ।
हिजो नेकपाले राजीनामा दिनका लागि उपसभामुख तुम्बाहाङ्फेलाई अनुरोध गर्ने निर्णय सचिवालयको बैठकबाट गरेको थियो ।
त्यसको भोलिपल्ट बालुटारमा आज बिहान उपसभामुखलाई बोलाएर नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्नुभएको थियो ।
तुम्बाहाङ्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको बालुवाटार स्रोतको भनाइ छ । 'अब के गर्ने भन्ने बारेमा शीर्ष नेताहरु छलफलमा हुनुहुन्छ ।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सीआईएनसँग भन्नुभयो ।
सभामुखको उम्मेदवार बारे छलफल गर्ने र उपसभामुखलाई सम्झाउनका लागि भन्दै आज बिहानै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार जानुभएको यो ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६, १७:३९