काठमाडौं । सबैभन्दा आतंकित पार्ने यातायातका साधनका विषयमा टिपरलाई लिइन्छ । अब भने सडक अनुशासन पालना गर्ने सबैभन्दा व्यवस्थित यातायातको साधान बनाउन चालकहरुले सपथ नै खाएका छन् ।
टिपर चलाउँदा लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकले सपथ खएका हुन् । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलयले लिखित प्रतिबद्धतासहित सपथ खुवाएका हुन् । टिपर चालकले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षकविशाल तामाङसमक्ष विभिन्न १० बुँदे प्रतिबद्धतासहित सपथ खाएका हुन्।
सपथमा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तीव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने उल्लेख छ।
क्याबिन र ढालामा यात्रु नराख्ने, गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधैं साथमा राख्ने प्रतिबद्धता चालकहरुले गरेका छन्। काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्छन् ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६, १४:३५