काठमाडौं । प्रदेश १, २ र ५ ले पनि अन्तिम निर्णयका लागि गृहकार्य अघि बढाएका छन् । प्रदेश ३ को राजधानी र नामकरण टुंगिएलगत्तै अरु प्रदेश पनि छलफलमा जुटेका छन् । यही हिउँदे अधिवेशनभित्र नाम र राजधानी टुंगो लगाउने तयारीमा रहेको प्रदेशसभाले जानकारी दिएका छन् ।
प्रदेश २ र ५ तथा नामांकन टुंग्याउने तयारीमा छलफलमा जुटेपनि प्रदेश १ प्रदेश ३ मा झैँ केन्द्रबाट सहयोगको पर्खाइमा छन् । प्रदेश नम्बर तीनको नाम र राजधानीको टुङ्गो लागेसँगै चार ओटा प्रदेशले आफ्नो प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाएको भएपनि अझै तीन ओटा प्रदेशले नाम र राजधानीको टुङ्गो लगाउन सकेका छैनन् ।
पार्टी नेतृत्वले गरेको निर्णय, पहल र हस्तक्षेपले नतिजा निकालेपछि प्रदेश १ र ५ मा रहेको नेकपा नेतृत्वको सरकार अब यही शैलीबाट प्रदेशको नाम र राजधानी टुंग्याउने सोचमा छ ।
प्रदेश नम्बर दुइको प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव भने अन्यौलमा परेको छ । प्रदेश १ को राजधानी विराटनगर टुंगो लागिसकेको छ । प्रदेशको नामकरण भूगोल कि जातीय पहिचानलाई आधार मानेर तय गर्ने भन्ने मुख्य विवाद छ ।
प्रदेश २ मा जनकपुरलाई राजधानी तोक्न सबै दलबीच सहमति हुने देखिए पनि नामकरणमा प्रमुख दल नेकपा–कांग्रेस एकातिर र मधेसकेन्द्रित दल अर्कातिर छन् । नेकपा–कांग्रेस मिथिला नाम राख्ने पक्षमा छन भने मधेसी दल मधेस प्रदेश बनाउनुपर्ने अडानमा छन् । प्रदेश २ मा सरकारको नेतृत्व गरेको समाजवादी पार्टी पनि राजनीतिक संवादबाट प्रदेशको नाम र राजधानी टुंग्याउने योजनामा छ ।
पार्टी नेतृत्वले गरेको निर्णय, पहल र हस्तक्षेपले नतिजा निकालेपछि प्रदेश १ र ५ मा रहेको नेकपा नेतृत्वको सरकार अब यही शैलीबाट प्रदेशको नाम र राजधानी टुंग्याउने सोचमा छ । प्रदेश पाँचको राजधानीको लागि दाङ, बुटवल, नेपालगञ्जको नाम चर्चामा छ, यद्यपी कहाँ राजधानी बनाउने भन्नेमा सहमति जुटाउन सकिएको छैन ।
सीआईएनसँग कुरा गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभाका उपसचिव श्याम श्रेष्ठले आउदो माघ भित्र यस बिषयमा टुङ्गो लागिसक्ने बताउनुभयो । यस्तै प्रदेश नम्बर एकको धनकुटा, विराटनगर लगायतका स्थान चर्चामा रहेपनि औपचारिक निर्णय हुन सकेको छैन ।
प्रदेशसभा १ का प्रवक्ता दिपक घिमिरेले यही माघभित्र बस्ने प्रदेशसभाले यसको टुङ्गो लगाउने सीआईएनसँग बताउनुभयो । प्रदेश नम्बर ५ नाम लुम्बिनी तथा १ को नाम सगरमाथ राख्न प्रस्ताब भएपनि औपचारिक निर्णय हुन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६, ०८:५४