काठमाडौं । जिम्मेवारी नेपाल सरकारको सचिवको काम भने भारतको नयाँ दिल्ली कार्यालयमा बसेर आइएनजिओको । स्वास्थ्य तथा जनसंख्या सचिव डा पुष्पा चौधरी विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को भारतस्थित नयाँदिल्ली कार्यालयमा जागिर खाँदै आउनु भएको छ ।
उहाँ अहिले पनि नेपाल सरकारको सचिव हुनुहुन्छ । उहाँले राजीनामा दिनु भएको थियो तर सरकारले स्वीकृत गरेको छैन ।
स्वीकृत नगरेपनि उहाँ सचिवको जिम्मेवारी नै छाडेर दिल्लीस्थित डब्लुएचओको पी ५ सहसचिव स्तरको जागिर खाइरहेकी छन् । तलब र सुविधा धेरै भए पनि उहाँ सचिवस्तरबाट सहसचिवस्तरको जागिर खान गएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
डब्लुएचओमा नाम निस्किएको केही समयपछि २०७६ कात्तिक १३ बाट लागू हुने गरी उहाँले राजीनामा दिनु भएको थियो ।
सरकारले अस्वीकृत गरेपछि मंसिरको तेस्रो साता राजीनामा स्वीकृत गर्न माग गर्दै अर्को निवेदन दिनु भएको थियो । तर उहाँको राजीनामा सरकारले अहिलेसम्म स्वीकृत गरेको छैन ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६, १३:१७