काठमाडौँ । वैदेशिक रोजगारीलाई सुधारका प्रयास थालिए पनि ठगी रोकिएको छैन । नयाँ ढङ्गबाट कामदारमाथि ठगी हुने गरेको पाइएको छ । सरकार आफैँ साँची बसेर बीमा कम्पनीका नाममा करोडौँ ठगी भइहेको छ । बीमा एजेण्टले पनि थप रकम असुलीरहेका छन् ।
काठमाडौँको बैदेशिक रोजगार कार्यालय ताहाचलमा नयाँ श्रम स्वीकृति र पुनः श्रम लिनेको ओइरो छ । त्यही लाइनमा हुनुहुन्छ, ५० वर्षका तेह्रथुमको छथर गाउँपालिकाका उदयबहादुर लिम्बू ।
वैदेशिक रोजगारीका क्रममा हुने म्यादी बीमाका नाममा बीमा कम्पनीले वर्षमा एक अर्ब १६ करोड उठाइरहेका छन् । त्यो मध्ये २९ करोड विना कारण श्रमीकसँग असुलेका छन् ।
उहाँ बैदेशिक रोजगारीको शिलशिलामा बहराइन बसेको २५ वर्ष बित्यो । बीमा भने उहाँले ३७ वर्षको गर्नुभयो । आफ्नै कार्यालय र काममा जानका लागि पटकपटक कागजात बनाउनुपर्ने अवस्था देखिएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।
‘मेडिकल पनि पटकप पटक गर्नुपरेको छ । उमेरले पनि म बुढो भइसकेँ, त्यसैले शुल्क पनि बढी लिने गरेको छ ।’ उदयबहादुरले भन्नुभयो ।
श्रम स्वीकृति दुई वर्षको भएता पनि कामदारले तीन वर्षको बीमा गर्नैपर्छ । विदेशीने श्रमिकले एक वर्षका लागि एक हजार पाँच सयदेखि तीन हजारसम्मको बीमा गरानुपर्छ । बीमाको प्रकृति पनि उमेरै पिच्छे फरक–फरक हुने गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत गरी पाँच लाख ८० हजार युवा गएको विभागको तथ्याङ्कमा छ । बीमाको नाममा श्रमीकलाई मारमा पार्नेगरी नीतिगत भष्टाचारमा सरकार साक्षी बसेको जस्तो देखिन्छ ।
दक्षिण कोरिया र इजरायल जाने श्रमिकका हकमा भने पाँच वर्षका लागि श्रम स्वीकृति जारी हुँदै आएको छ । दुई हजार पाँच सयको म्यादी बीमा ६ वर्षको गर्नुपर्छ । जुनसुकै देशमा गए पनि विना कारण एक वर्षको बीमा गर्नु परिरहेको छ ।
वैदेशिक रोजगारीका क्रममा हुने म्यादी बीमाका नाममा बीमा कम्पनीले वर्षमा एक अर्ब १६ करोड उठाइरहेका छन् । त्यो मध्ये २९ करोड विना कारण श्रमीकसँग असुलेका छन् ।
एकजना नाम बताउन नचाहाने बीमा कम्पनीका प्रतिनिधिले भने,‘कम्पनीहरूसँग गरेको सम्झौताभन्दा एक वर्ष थपको बीमा गर्ने बीमा कम्पनीहरूको नीति देखिन्छ ।’ यसरी अनियमित रूपमा किन बीमा थपिएको भन्ने बारेमा कहिकाहीँ मात्र सेवाग्राहीले सोध्ने गरेको उनको भनाइ छ ।
श्रम स्वीकृति लिनु अगाडि पूर्व म्यादी बीमाबापत तोकिएको रकम श्रमिकले जम्मा गर्नुपर्छ । दुई वर्षमा घरबिदामा आएर फर्कियो भने पनि फेरि बीमा गर्नैपर्ने बाध्यता छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको बीमाका नाममा वैधानिक ठगी नै २९ करोड छ भने त्यसबाहेक एजेण्टले अनलाइन सेवाका नाममा एक कामदारबाट झण्डै एक हजार असुल्ने गरेको कामदाबाट थाहा हुन आएको छ ।
बीमा कम्पनीले कामदारलाई किन ठगीरहेको छ भन्ने प्रश्नमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले जवाफ दिँदै भन्नुभयो, ‘अहिलेको बीमा गर्ने व्यवस्थाले यतिका धेरै नागरिक समस्यामा परेकै हो भने हामी छलफल गरेर आगामी दिनमा पुनर्वीचार गर्नेछौँ । घटाउन सकिने अवस्था छ भने बीमा समिति कहिल्यै पनि बाधक बन्दैन ।’
आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत गरी पाँच लाख ८० हजार युवा गएको विभागको तथ्याङ्कमा छ । बीमाको नाममा श्रमीकलाई मारमा पार्नेगरी नीतिगत भष्टाचारमा सरकार साक्षी बसेको जस्तो देखिन्छ ।
बैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसाल भन्नुभयो, ' कुनै व्यक्ति ४ वर्षका लागि वैदेशिक रोजगारीमा जाँदै छ भने उसले त ६ वर्षका लागि बीमा प्रिमियम तिर्नुपर्यो । त्यसैले यस्तो प्रकारको बेथिति अन्त्य गर्नुपर्छ भन्ने मान्यता नै हाम्रो हो ।'
वैदेशिक रोजगारीमा जाने कामदारको बीमाका नाममा वैधानिक ठगी नै २९ करोड छ भने त्यसबाहेक एजेण्टले अनलाइन सेवाका नाममा एक कामदारबाट झण्डै एक हजार असुल्ने गरेको कामदाबाट थाहा हुन आएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६, १४:५८