काठमाडौं ।
प्रतिनिधि सभाको बैठक बसेको छैन । राष्ट्रिय सभाको बैठक रोकिएको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गको रूपमा परिकल्पना गरेको छ ।
प्रतिनिधि सभा बैठक प्रभावित हुँदा माथिल्लो सदन मानिने राष्ट्रिय सभा पनि प्रभावित भएको छ । माघ ५ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकका लागि छलफल गर्ने विषयको अभाव छैन ।
फरक फरक भूमिका भएर पनि राष्ट्रिय सभा प्रतिनिधि सभाको घानमा परेको छ ।
तर त्यसपछि के छलफल गर्ने ? उपाध्यक्ष शशिकला दाहालका अनुसार राष्ट्रिय सभा अन्यौलमा छ । दाहालले भन्नुभयो, ‘बिजनेशहरु नआएपछि यतापनि अलमल हुन्छ । पाँच गतेसम्म त बिजनेश छ, त्यसपछिका लागि भने गाह्रो छ । ’
राष्ट्रिय सभामा विधेयक सिधै उत्पति कम हुने र प्रतिनिधिसभाले पठाउनुपर्ने विधेयकहरु पठाउन नसक्दा छलफल गर्न पाइंदैन । प्रतिनीधि सभा ६ गते मात्रै बोलाइएपछि २७ गते बोलाइएको राष्ट्रियसभा पनि ५ गतेका लागि सारिएको हो ।
राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी प्रतिनिधि सभामा रहेको विधेयक पास भएर आउनुपर्ने विधेयक रोकिएको र राष्ट्रिय सभाले काम नपाएको कारण राष्ट्रियसभा ७/७ दिनमा एक पटक बस्न बाध्य भएको बताउनुहुन्छ ।
राष्ट्रिय सभामा विधेयक सिधै उत्पति कम हुने र प्रतिनिधिसभाले पठाउनुपर्ने विधेयकहरु पठाउन नसक्दा छलफल गर्न पाइंदैन । प्रतिनीधि सभा ६ गते मात्रै बोलाइएपछि २७ गते बोलाइएको राष्ट्रियसभा पनि ५ गतेका लागि सारिएको हो ।
उहाँले भन्नुभयो, ‘पाइपलाइनमा भएका विधेयकहरु आइरहेका छैनन्, त्यसमा राष्ट्रिय सभाले बिचार बिमर्श गर्न पाएको छैन । ’
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभा बैठकमा उत्पति भएका विधेयकहरु राष्ट्रिय सभाले २ महिनाभित्र छलफल गरि पारित गरेर प्रतिनिधि सभालाई पठाउनुपर्ने हुन्छ ।
तर राष्ट्रिय सभामा उत्पति भएका विधेयकहरु प्रतिनिधि सभाले कहिलेसम्म फिर्ता गर्ने भन्ने नियम नहुँदा राष्ट्रिय सभाले पठाएका विधेयकहरु प्रतिनिधि सभामा महिनौंसम्म थन्किन पनि सक्छ ।
नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, जेष्ठ नागरिक सम्बन्धि पहिलो संशोधन विधेयक, प्रमाण दोस्रो संशोधन विधेयक, राष्ट्रिय खेलकुद विधेयक, नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधयक राष्ट्रिय सभामा उत्पति भएका हुन् ।
राष्ट्रियसभामा उत्पति भएका ६ विधेयक माथिल्लो सदनले तल्लो सदनलाई पठाएको छ । तर बैठक नबस्दा यि विधेयक विचाराधिन छ ।
यि विधेयक माथिल्लो सदनले तल्लो सदनलाई पठाएको छ । तर बैठक नबस्दा यि विधेयक राष्ट्रिय सभामा पठाउन नपाएको संसद सचिवालय विधेयक शाखाका प्रमुख नारायण ढकालले बताउनुभयो ।
राष्ट्रियसभामा उत्पति भएका ६ विधेयक माथिल्लो सदनले तल्लो सदनलाई पठाएको छ । तर बैठक नबस्दा यि विधेयक विचाराधिन छ ।
राष्ट्रिय सभा २ महिना भन्दा लामो समय नबसेपनि विधेयकहरु प्रतिनिधि सभा एक्लैले पारित गर्न सक्छ । तर प्रतिनिधि सभा बैठक लामो समय नबस्दा मुख्य त राज्य सञ्चालनका लागि आवश्यक विधेकहरु छलफल र प्रमाणिकरणमा असर पर्छ ।
फरक फरक भूमिका भएर पनि राष्ट्रिय सभा प्रतिनिधि सभाको घानमा परेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, माघ १, २०७६, ०७:५२