काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला फेरिने भएको छ । मृगौला प्रत्यारोपणको प्रक्रिया फागुनमा गर्ने तयारी गरिएको छ । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । स्वदेशमा नै गरे कुन अस्प्तालमा गने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।
प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको ।
प्रधानमन्त्री ओलीले नेपालमा नै प्रत्यारोपण गराउने इच्छा देखाइरहनु भएको छ भने सल्लाहकारहरूले भने सकेसम्म विदेशमै गएर प्रत्यारोपण गर्न सुझाब दिइरहेका छन् । नेपालमा गर्दा वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज र ग्रान्डी अस्पताल मध्ये एक ठाउँमा हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
ओलीको नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । सातामा दुईपटक हेमोडायलसिस गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ‘स्थिर’ छ ।
प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन ।
किनकि, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ । अंगदान गर्न सक्ने परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू ससुरा पर्छन् । त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलो बुबा, ठूली आमा, काका, काकी, सानोबुबा, सानी आमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठान पनि अंगदान दिन सक्ने नजिकको नातेदारभित्र समेटिएका छन् ।
अझ, नेपाल र भारतबाहिर गएर प्रत्यारोपण गरेमा मिर्गौला दान गर्ने व्यक्ति आफन्त पनि हुनुपर्दैन ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६, १३:२३