काठमाडौं ।
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भू्भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।
मध्य तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।
पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएको छ ।
देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न मौसमविद्को अनुरोध छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६, ०८:४८