काठमान्डौं । सरकारले भोली राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दुर्घटना लगत्तै आकस्मिक रुपमा बोलाईएको मन्त्री परिषद् बैठकले शोक मनाउनका लागि भोली सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
साथै मन्त्री अधिकारीको भोली नै राजकिय सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय भएको संघिय मामिला तथा सामान्य प्रशासण मन्त्री लालबाबु पण्डितले सीआईएनलाई जानकारी दिनुभयो ।
यसैबीच सरकारले पूर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको नेतृत्वमा चार सदस्यीय छानविन समिति पनि गठन गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५, १९:३९