काठमाडौं । नेकपाले अग्नी सापकोटालाइ सभामुखको उम्मेदवार बनाउने लगभग पक्का भएको छ । आज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।
उपसभामुख डा. शिबमायाँ तुम्बाहाङ्फेले पनि सभामुखमा दावी गर्दै आउनुभएको बेला नेकपाले सापकोटाको नाम अगाडी सारेको हो । दुई अध्यक्षबीचमा यस्तो सहमति भएको भएपनि यो बिषयको अन्तिम टुङ्गो भन सचिवालय बैठकले गर्ने छ ।
सापकोटाको नाममा औपचारिक रुपमा सहमति जुटाउन नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । संसद सचिवालयका एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पुर्व सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएसंगै सभामुख पद रित्त थियो ।
नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन नसक्दा सभामुख चयनको प्रक्रिया लम्बिएको थियो । भोली प्रतिनिधिसभा बैठक बस्दैछ । भोलीको बैठकबाटै सभामुख चयनको प्रक्रिया अगाडी बढ्नेछ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६, १६:३२