काठमाडौँ । नवलपरासीका देवकी विकको ३ जनाको परिवार छ । सुरुमा श्रीमानको मात्रै आम्दानी हुँदा घर परिवार चलाउन समस्या हुन्थ्यो । अहिले आफै पनि व्यवसायमा लाग्दा राम्रो आम्दानी भइरहेको छ । उहाँको परिवार निम्नबाट मध्यम वर्गमा उक्लिएको छ ।
देवकी भन्नुहुन्छ, ‘श्रीमान् विदेश हुँदा सहज भए पनि घरपरिवारको माया लाग्थ्यो । विदेशमा गरेको श्रमले विदेश जाँदाको ऋण तिर्दै सकिन्थ्यो । त्यहि भएर नेपाल नै फर्कन दवाव दिए ।’
‘परिवार सानो भए पनि जेठानसँग बस्ने सासूलाई हामीले पनि हेर्नुपर्छ । आमासँगै नबसे पनि माया र रेखदेख त हामीले पनि गर्नुपछ ।’ उहाँले सुनाउँदै थप्नुभयो, ‘सँगै बसेर घरपरिवारको काम पनि सजिलो हुने र आफै व्यवसायमा लाग्दा आम्दानी पनि राम्रो हुन्छ ।’
देवकी र उहाँका श्रीमान फर्निचर व्यवसायमा हुनुहुन्छ । एक मात्रै छोरी रहेको देवकीलाई छोरीको राम्रो रेखदेख, पालनपोषण गर्न पनि सजिलो भएको छ ।
सरकारसँग भएको ९ वर्ष पुरानो तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये ६० लाखभन्दा बढी मानिसहरु मध्यम वर्गका छन् । तर, यो सम्बन्धी आधिकारिक तथ्याङ्क भने छैन । केन्द्रीय तथ्याङ्क विभागले भने अबको एक महिनापछि सर्वेक्षण गर्ने तयारी थालेको छ ।
बाराका जग्गनाथ गौतमसँग विदेश यात्राको अनुभव पनि छ । कामको खोजीमा उहाँ विदेश जानुभयो, भारतको पनि विभिन्न ठाउँमा काम गर्नुभयो । काम गर्ने तर पैसा भने जोगाउन समस्या हुन्थ्यो ।
गौतमका अनुसार काम गरे पनि आम्दानी खासै राम्रो नभएपछि उहाँ नेपाल फर्कनुभयो । काठमाडौँमा शिक्षा आर्जनसँगै काम गर्दै जाँदा घरपरिवारलाई पनि पठाउनुपर्दा समस्या हुन्थ्यो ।
८/९ जनाको परिवारलाई कमाएको पैसाले नपुग्ने देखेपछि उहाँ फेरि बारा नै फर्कनुभयो । गौतम भन्नुहुन्छ, ‘अहिले चिया पसल थापेर बसेको छु । श्रीमती पनि सँगै सघाउँछिन् । आम्दानी पनि राम्रै भएको छ ।’
५ वर्षअघि १० देखि १२ हजार आम्दानी गर्ने गौतमको अहिले व्यवसाय गर्न थालेपछि आम्दानी ५ गुणा बढेर महिनाको ५० हजारसम्म पुग्छ । सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्नुभएका गौतमलाई अहिले परिवार धान्न सहज भएको छ र बचत पनि गर्नुहुन्छ ।
नेपालमा वर्गसम्बन्धी एक मात्र आधिकारिक परिभाषा छ । त्यो हो– गरिबीको । प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँ आम्दानी नहुने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ ।
विश्व बैंकको सन् १९९५/९६ को तुलनामा सन् २०१०/११ मा निस्किएको प्रतिवेदनमा मध्यम वर्गको सङ्ख्या १५ प्रतिशत–बिन्दुले बढेको छ भने एसियाली विकास बैँकले सन् २०१२ मा २३ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सरकारले अहिलेसम्म मध्यम वर्ग छुट्याएको नै छैन ।
केही वर्ष अघिसम्म नेपाली समाजमा गरिब र धनीको मात्रै चर्चा गरिन्थ्यो । मालिक र मजदूर माक्र्सवादी विमर्शमा दुई वर्ग थिए । अहिले बीचमा अर्को वर्ग मध्यम वर्ग थपिएको मात्रै छैन, त्यसको अपत्यारिलो विस्तारसमेत भइरहेको छ ।
सरकारसँग भएको ९ वर्ष पुरानो तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये ६० लाखभन्दा बढी मानिसहरु मध्यम वर्गका छन् । तर, यो सम्बन्धी आधिकारिक तथ्याङ्क भने छैन । केन्द्रीय तथ्याङ्क विभागले भने अबको एक महिनापछि सर्वेक्षण गर्ने तयारी थालेको छ ।
विभागका महानिर्देशक नविनलाल श्रेष्ठले सीआईएनसँग कुराकानी गर्दै सर्वेक्षणका लागि तालिम दिने काम भइरहेको बताउनुभयो । नेपालमा कुन वर्गको अवस्था कस्तो छ त्यसलाई केन्द्रीत गरेर एक वर्ष समय लगाएर तथ्याङ्क लिने काम हुनेछ ।
कृषि र उद्योग क्षेत्रको विस्तारसँगै सम्पत्तिका आधारमा धनी र गरीबमा बाँडिएको नेपाली समाजमा मध्यम वर्गको विस्तार बाक्लिएको हो । तर, मुख्य स्रोत विदेशबाट पठाएको रेमिटेन्स भएकाले मध्यम वर्गको विस्तार यसैगरी होला भन्नेमा अर्थ र समाज क्षेत्रका जानकार डा दीपेन्द्रबहादुर क्षेत्री शङ्का व्यक्त गर्नुहुन्छ ।
केही वर्ष अघिसम्म नेपाली समाजमा गरिब र धनीको मात्रै चर्चा गरिन्थ्यो । मालिक र मजदूर माक्र्सवादी विमर्शमा दुई वर्ग थिए । अहिले बीचमा अर्को वर्ग मध्यम वर्ग थपिएको मात्रै छैन, त्यसको अपत्यारिलो विस्तारसमेत भइरहेको छ ।
क्षेत्रीले विदेशबाट पठाइएको पैसाले मुलुकको अर्थतन्त्रलाई केही समयका लागि फाइदा भए पनि त्यो दिगो भने हुन नसक्ने बताउनुभयो ।
सरकारले कृषिमा जसरी जति लगानी गर्नुपर्ने हो त्यो अनुसारको काम हुन नसकेकाले सरकारले कृषिमा मात्रै पनि ध्यान दिने हो भने नेपालको आधा प्रतिशत गरिबी अन्त्य हुने क्षेत्रीको तर्क छ ।
क्षेत्री भन्नुहुन्छ, ‘न्यून आय स्रोत भएकाहरू मध्यम वर्गमा रुपान्तर हुँदै जानु राम्रो पक्ष हो । तर, त्यसको मुख्य आय स्रोत भने वैदेशिक रोजगारीको पैसा हो । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई लाभ भए पनि त्यसले दिगो रुपमा भने स्थायित्व पाउँदैन ।’
न्यून वा कम आम्दानी भएकाहरू मध्यम वर्गमा उक्लिनु राम्रो हो । यसको अर्थ मुलुकको अर्थतन्त्र पनि राम्रो हुनु हो । तर, यसलाई फेरि तल झर्न नदिन सरकारले भने स्थायी रूपमा कार्यक्रम र योजना बनाउनुपर्ने क्षेत्रीको भनाइ छ ।
उहाँले सरकारले मुलुकको अर्थतन्त्रलाई दिगो रूपमा टिकाउन र न्यून आय स्रोत भएकालाई मध्यम आय स्रोतमा उकास्न सबैभन्दा पहिले कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
सरकारले कृषिमा जसरी जति लगानी गर्नुपर्ने हो त्यो अनुसारको काम हुन नसकेकाले सरकारले कृषिमा मात्रै पनि ध्यान दिने हो भने नेपालको आधा प्रतिशत गरिबी अन्त्य हुने क्षेत्रीको तर्क छ ।
१० हजारभन्दा कम न्यून आम्दानी भएको डेड करोडभन्दा बढी मान्छे मध्यम वर्गमा उक्लिन सङ्घर्ष गरिरहेका छन् । तर, सामाजिक र आर्थिक मध्यमवर्गबीच गहिरो खाडल छ । प्रभावको हिसाबले पनि सामाजिक मध्यमवर्गले आफूलाई ठूलो ठान्छ तर, देखिने हिसाबले भने आर्थिक क्षेत्र मध्यमवर्गकै दवदवामा छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६