काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अतिक्रमणमा संलग्न विरुद्ध मुद्दा दायर गरेको छ । करिब १ सय ४० रोपनी जग्गा अतिक्रमण गरेके विषयमा पूर्वमन्त्री, सचिव, न्यायाधीश सहित भोगाधिकार गरिरहेका १ सय ७५ जना विरुद्ध आज बुधवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेब जोशीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।
ललिता निवासको जग्गा नै ‘घुस’ लिएका पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उहाँकी पत्नी उर्मिला, गृहमन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापागाई र सासु सोदाकुमारी चापागाई समेत प्रतिवादी नाइएको विशेष अदालतले जनाएको छ।
पञ्चायतकालीन सरकारले ललिता निवासको २ सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो । प्रजातन्त्र स्थापनापछि २०४९ मा बनेको सरकारको पालो देखि ललिता निवासको जग्गा ब्यक्तिका नाममा अतिक्रमण हुन थालेको हो।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६, १८:००