काठमाडौं । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ । मौसम खराब भएपछि आज दिउँसो मात्रै शव काठमाडौं ल्याउन सकिएको हो । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको निधन भएको थियो ।
सेनाको हेलिकप्टरले त्रिभुवन विमानस्थलमा ल्याइएको शवलाई सुरुमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिने छ। पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। अस्पतालमा पोष्टमार्टम पछि टुँडिखेलमा राखेर अन्तिम श्रद्धान्जली दिइनेछ । आजै पोखरा लिने छ ।
दुर्घटनामा मृत्यु भएकाहरुको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइएको थियो। गएरातिदेखि सुकेटार विमानस्थलमा हिमपात हुनथालेपछि बिहीबार बिहान शव काठमाडौं पठाउन सकिएको थिएन।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५, १३:३३