काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले भएका कानुन कडाइका साथ कार्यान्वयन भएमा नेपालबाट बालविवाह चाँडै उन्मुलन हुने बताउनुभएको छ ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) सँगको विशेष कुराकानीमा सत्तारुढ नेकपाका वरिष्ठ नेतासमेत रहनुभएका खनालले यस्तो बताउनुभएको हो ।
संविधान, कानुनले पनि बालविवाह रोकेको जानकारी दिँदै उहाँले अहिलेसम्म पनि नेपाली समाजमा बालविवाह प्रथा कायमै रहनु दुखद् हो भन्नुभयो ।
समाजलाई शिक्षित बनाउनुपर्नेमा जोड दिँदै खनालले सरकारी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । भएका कानुन कार्यान्वयन गर्ने बारेमा आफूले राजनीतिक तथा व्यावहारिक रुपमा नै सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६, १५:५४