काठमाडौं ।
२०३९ देखि नगरपञ्चायतको रूपमा रहँदै आएको दमक नगरपालिका झापाको दोस्रो नगरपालिका हो ।
दुई दर्जन राष्ट्रिय स्तरका बैंक, १०० बढी सहकारी संस्था, विभिन्न मझौला तथा घरेलु उद्योग, नेपालकै प्रमुख मध्येको हिमालय महालक्ष्मी टी गार्डेनसमेत रहेको दमक, प्रदेश १ को एक प्रमुख व्यवसायीक केन्द्र बन्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर भएकाले दमक, विकासमा दौडिरहेको मुलुककै शक्तिशाली नगरपालिका भनेर बहस भइरहेको छ ।
दुई हप्ताअघि झापाको दमक पुग्दा वडा नम्बर ३ मा धमाधम निर्माणको काम भइरहेको थियो । करिब ७० को हाराहारीमा खटिएका कामदारसँगै स्काभेटर, डोजर लगायतका मेशिन १८ तले भ्यू टावर बनाउन एकानाशले चलिरहेका थिए ।
त्यसको दक्षिण पूर्वमा प्रदेश १ कै नमूना सभागृह बनाउने काम धमाधम भइरहेको थियो । सभागृहभन्दा दक्षिणमा २२ सय विगाह क्षेत्रमा देशकै लागि महत्वपूर्ण औद्योगिक पार्क र दक्षिण पूर्वमै दुईतले आकर्षक बसपार्क बनाउने तयारीको नापजाँच चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर भएकाले दमक, विकासमा दौडिरहेको मुलुककै शक्तिशाली नगरपालिका भनेर बहस भइरहेको छ ।
विश्वको अग्लो बुद्धमूर्ति निर्माणका लागि जग्गाको प्रक्रिया लगभग सकिएको छ । अरबौंका यी सबै योजना संघीय सरकार हुन् । शहरी विकास अन्तरगतका योजनामा केन्द्र, प्रदेश र स्थानीय सरकार, तीनै तहको विशेष निगरानी छ ।
केन्द्रीय बजेटको दुई अर्ब ७४ करोड रुपैयाँ लगानीमा निर्माण सुरु भएको १८ तले भ्यू टावर र व्यापारिक कम्पलेक्स निर्माणको काम साढे दुई वर्षमा सक्नेगरी ओम साइराम कन्ट्रक्शनले ठेक्का लिएको छ ।
इन्जिनियर सजल बिडारीका अनुसार प्रधानमन्त्रीको नगर भएकाले बन्दै गरेको भ्यू टावरमा धेरैको चासो छ । हरेक दिन बाक्लै मानिस हेर्नको लागि आउँछन् ।
बिडारीले भन्नुभयो, ‘मेन स्टक्चर १८ तले छ, त्यो भन्दा माथि मेटल फ्रेम छ । प्लिन्थ लेबलबाट माथि भनेको सय मिटरको हो, यो । मार्केट, सेमिनार हल, रेस्टुरेन्ट/बार धेरै कुराहरू बन्छ । तर अब त्यो के हिसाबले प्रयोग गर्ने हो भन्ने विषयमा हामीलाई थाहा हुँदैन ।’
राष्ट्रिय बजेटले पनि नपुग्ने र अन्तर्राष्ट्रिय लगानी रहने गरीका वृहत योजनाहरूलाई ध्यानमा राखेर कार्यक्रम बनाउनु दमक नगरपालिकाका लागि नयाँ अवसर जुरेको छ ।
दमक नगरपालिकाको ९ नम्बर वडामा करिब ३४ करोडको अर्को आयोजना चलिरहेको छ । सभागृहको ८० प्रतिशत काम सकिइसक्यो । शहरी विकास मन्त्रालयले हेरिरहेको यो आयोजना अन्तरगत १५ सय मानिस अट्ने मुख्य ठूलो हल हुनेछ । दुईसय क्षमताको अर्को सानो हल पनि बन्दैछ ।
प्रधानमन्त्रीकै नगरमा विश्वकै अग्लो बुद्धको मूर्ति बन्दैछ । यसका लागि फाइनल डिपिआर नगरले नै तयार पारेको हो । पर्यटन पूर्वाधार विकास अन्तरगत संघीय सरकारबाट यो पटक एक करोड बजेट विनियोजन भएको छ ।
हाल घेराबेराको काम भइरहेको यो आयोजनाको डेन्डर खुलिसकेको छ । नगरपालिकाको ३ नम्बर वडामा बन्न लागेको विश्वकै अग्लो बुद्धको मूर्तिले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने नगरपालिकाको दाबी छ ।
दमकमा संघीय सरकार अन्तरगत अर्को ठूलो आयोजना पनि सञ्चालन हुँदैछ । दमकको १० नम्बर वडा, कमल गाउँपालिका र गौरादह नगरपालिका भेट्नेगरी बन्न लागेको औद्योगिक पार्क, संघीय सरकार अन्तरगत औद्योगिक विकास लिमिटेडले हेर्नेछ । जसको लागत १५ खर्ब अनुमान गरिएको छ ।
दमकमा संघीय सरकार अन्तरगत अर्को ठूलो आयोजना पनि सञ्चालन हुँदैछ । दमकको १० नम्बर वडा, कमल गाउँपालिका र गौरादह नगरपालिका भेट्नेगरी बन्न लागेको औद्योगिक पार्क, संघीय सरकार अन्तरगत औद्योगिक विकास लिमिटेडले हेर्नेछ । जसको लागत १५ खर्ब अनुमान गरिएको छ ।
नगरपालिकाले बहुतले बसपार्कको अवधारणा ल्याएको छ, जसको अनुमानित लागत एकसय ८० करोड छ ।
संघीय सरकारको शहरी विकास मन्त्रालय अन्तरगत वडा नम्बर ६ मा बन्न लागेको बहुतले बसपार्कको भिजन र अनुमानित बजेट प्रधानमन्त्रीसम्म आइपुगिसकेको छ । प्रधानमन्त्रीले यो योजनालाई पनि बडो चासोका साथ हेर्नुभएको छ ।
‘एक शहर, एक पहिचान’ कार्यक्रम अन्तरगत प्रदेश सरकारका शहरलाई व्यवस्थित बनाउने आधा दर्जन कार्यक्रमले दमकमा प्रवेश पाएको छ । नगरपालिकाको १ अर्ब २९ करोड र बाँकी संघ, प्रदेश सरकारको गरि १६ खर्ब भन्दा बढीको बजेट दमकमा पुगेको छ ।
योजना र बजेटका हिसावले दमक मुलुकै शक्तिशाली नगरपालिका मान्ने गरिएको छ ।
‘एक शहर, एक पहिचान’ कार्यक्रम अन्र्तगत प्रदेश सरकारका शहरलाई व्यवस्थित बनाउने आधा दर्जन कार्यक्रमले दमकमा प्रवेश पाएको छ ।
धेरैवटा राष्ट्रिय गौरवका योजनाहरू छन् । राजनीतिमा मेयरको सिधै पहुँच मुलुकका प्रधानमन्त्रीसँग छ । मेयर रोमनाथ ओली उहाँकै घरमा बसिरहनु भएको छ । त्यस हिसावले पनि दमकलाई शक्तिशाली नगरपालिका भनिंदो रहेछ ।
तर, प्रधानमन्त्रीको नगर भएकै कारण शक्तिशाली भन्न नमिल्ने उप प्रमुख गीता अधिकारी बताउनुहुन्छ ।
अधिकारीले भन्नुभयो, ‘त्यस्तो शक्तिशाली हामी होइनौं तर सम्माननीय प्रधानमन्त्री ज्यूको नगर भएकाले हामी गौरवचाहिँ गछौं । र, उहाँलाई सम्मान पनि गछौं । सम्माननीय प्रधानमन्त्री ज्यूको जुन एउटा आकंक्षा छ, ‘समृद्ध नेपाल : सुखी नेपाली’ त्यो आकंक्षालाई उहाँकै नगरबाट हामी कसरी अगाडी बढाउन सक्छौं भन्ने विषयमाचाहिँ हामी एकदमै सचेत छौं । ’
उप प्रमुख अधिकारीले अगाडी भन्नुभयो, ‘शक्तिशाली भन्ने कुरालाईचाहिँ म मान्दिनँ । किनभने शक्ति र समृद्धि फरक हो । त्यसकारण समृद्ध र सुखी नेपाली बनाउने बाटोमा हामी अग्रसर हुन्छौं ।’
संघीय सरकारले स्थानीय तहका लागि छुट्याएको २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ बजेटमध्ये नगरपालिकाहरूले ९५ अर्ब २८ करोड ९९ लाख पाएका छन् । त्यो भन्दा बाहेक दमकम छुट्टै बजेट छैन भन्ने नगरको तर्क छ ।
केन्द्रका योजनाहरूको सन्दर्भमा उप प्रमुख अधिकारीले भन्नुभयो, ‘बजेटको कुरामा पक्कैपनि, अब आशा त हुन्छ नि । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले पनि भोट दिएर जिताएको । हाम्रो प्रतिनिधि पनि हुनुुहुन्छ उहाँ, त्यसो हुँदाखेरी आशा हुन्छ । आर्थिक रुपले नगरपालिका त्यस्तो धेरै पनि होइन, थोरै पनि छैन । हामी मध्यम नै छौं । ’
संघीय सरकारले स्थानीय तहका लागि छुट्याएको २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ बजेटमध्ये नगरपालिकाहरूले ९५ अर्ब २८ करोड ९९ लाख पाएका छन् । त्यो भन्दा बाहेक दमकम छुट्टै बजेट छैन भन्ने नगरको तर्क छ ।
प्रधानमन्त्री र उहाँकै नगर भएकाले मुलुकको चासो देखिंदा कामको नतिजामा उत्कृष्ट बनेर देखाउनेगरि सिङ्गो नगरपालिका लागि परेको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाको भनाइ छ ।
तिम्सीनाले भन्नुभयो, ‘शक्तिशाली के अर्थमाचाहिँ हामी हुन खोज्छौं भने, नतिजा देखाउने कुरामाचाहिँ शक्तिशाली बन्नुपर्छ कि जस्तो लाग्छ के । बजेटको कुरामा शक्तिशाली होइन, कार्यक्रमको कुरामा शक्तिशाली होइन, भएका कार्यक्रमहरूको नतिजा देखाउने कुरामाचाहिँ शक्तिमा प्रतिस्पर्धा गर्नुपर्छ । नतिजा देखाउने कुरामाचाहिँ हामी शक्तिशाली बन्न खोज्छौं, निरन्तर खट्छौं । हामी बिहान ७ बजेदेखी बेलुका ८/९ बजेसम्म हामी खटिइरहन्छौं ।’
प्रधानमन्त्री र उहाँकै नगर भएकाले मुलुकको चासो देखिंदा कामको नतिजामा उत्कृष्ट बनेर देखाउनेगरि सिङ्गो नगरपालिका लागि परेको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाको भनाइ छ ।
राष्ट्रिय बजेटले पनि नपुग्ने र अन्तर्राष्ट्रिय लगानी रहने गरीका वृहत योजनाहरूलाई ध्यानमा राखेर कार्यक्रम बनाउनु दमक नगरपालिकाका लागि नयाँ अवसर जुरेको छ ।
उपयोगिता र फाइदा भने दमकले मात्र होइन, समग्र मुलुकले नै लिने भएकाले दमक मुलुकै लागि समृद्धिको शक्ति भएको पदाधिकारीको तर्क छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६, ११:०८