काठमाडौं । भारतको राजधानी दिल्लीमा हिंसात्मक प्रर्दशन चर्किएको छ । आन्दोलन धार्मिक दंगामा बदलिएपछि अवस्था चिन्ताजनक बनेको छ । केही आन्दोलनकारीले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरू माझ लगातर तेस्रो रात दङ्गा भएको बताइएको छ। अहिलेसम्म २० जनाको मृत्यु भएको छ ।
राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसा नियन्त्रणमा आउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो।
मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन्। १८९ जना घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन्।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६, १३:१३