काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभाको मनोनयन विवादलाई नयां ढंगले समाधान गर्ने भएको छ । बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने र डा. युवराज खतिवडा अर्थमन्त्री रहने नयाँ उपाय खोजेको छ ।
आगामी बर्षको बजेट डा. खतिवडाले नै ल्याउने गरि कम्तीमा थप ६ महिना अर्थमन्त्री रहनेगरि सहमति खोजिएको एक नेताले जानकारी दिनुभयो ।
नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा नेता गौतमलाई पठाउने निर्णय गरेपछि प्रधानमन्त्रीले खतिवडालाई पठाउने अडान लिनुभएको थियो ।
प्रधानमन्त्रीको बचन पर्ने राख्ने र गौतमलाई पनि राष्ट्रियसभामा पठाउनेगरि नयाँ बाटो खोजिएको ती नेताको भनाई छ । खतिवडालाई लैजान चाहने र गौतमको नाम सिफारिस गर्ने पार्टी निर्णयको दबावमा परेका प्रधानमन्त्री ओलीलाई नेताहरुले मध्यमार्गी निकास सुझाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६, १३:३३