दाङ । राप्ती समितिको रुपान्तरित त्रिशिद्धेश्वरी यातायात प्रालिको अध्यक्ष सुरेश हमाल तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ ।
तुलसीपुरमा भएको प्रालिको साधारण सभाले सर्वसहमतिमा हमाललाई अध्यक्षमा चयन गरेको हो । झन्डै ६ सयभन्दा बढी यातायात व्यवसायीले एक मतले हमाललाई अध्यक्षमा चयन गर्ने निर्णय पारित गरेको हो । अबको तीन वर्षसम्म त्रिशिद्धेश्वरी प्रालिमा हमालकै नेतृत्व रहने छ ।
यातायात व्यवसायीका बीचमा निकै नै लोकप्रिय छवि वनाएका हमाल योसहित लगातार तेस्रो कार्याकालका लागि सर्वसहमतिमा नेतृत्वमा पुग्नुभएको हो ।
पुरानो राप्ती समितिमा यसअघि नै हमाल लगातार दुई कार्यकाल अध्यक्ष हुनुभएको थियो । त्योभन्दा पहिला हमाल लगातार ४ कार्यकाल सचिव रहनुभएको थियो । अरु सञ्चालक सदस्यहरुको पदमा १७ जनाको उम्मेदवारी दर्ता भएपछि गएराति अबेरसम्म सर्बसहमतिको प्रयास गरिएको थियो ।
प्रालिका अध्यक्ष, पुर्ब अध्यक्ष र व्यवसायीको निरन्तरताको प्रयासपछि आज बिहान सबै पदमा निर्विरोध चयन गर्ने सहमति गरिएको थियो । सर्वसहमतिमा हुनेहरुमा पुष्कर धिताल, मानबहादुर डागि, नारायण प्रसाद न्यौपाने, मिनप्रकाश भट्ट (प्रकाश), प्रेम रावत, माधब न्यौपाने, दिवाकर केसि, भिमसेन लहरे, तेजप्रसाद अधिकारी (गढवा राजु) र हरिप्रसाद भट्ट सञ्चालक समितिको पदमा निर्विरोध चयन हुनुभएको छ ।
उनीहरु सबैलाई र अध्यक्ष हमाललाई आज सपथग्रहण गराईसकेको निर्वाचन अधिकृत विजय पौडेलले जानकारी दिनुभयो । आजै बसेको बैठकले भरतराज श्रेष्ठ, ऋिषि रावत, श्रीधर बुढाथोकी ,कालीबहादुर योगि, प्रितम कुमार श्रेष्ठ, मदन वली, दिवाकर न्यौपाने र महिला सदस्यहरु धनकुमारी आचार्य(माया पाण्डे ) र सीता वलीलाई सञ्चालक सदस्यको पदमा मनोनित गरिएको अध्यक्ष हमालले जानकारी दिनुभयव ।
अब बस्ने पूर्ण कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरुको चयन गर्ने छ भने अन्य केही पदाधिकारीलाई अध्यक्षले मनोनित गर्ने तयारी छ ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६