काठमाडौं । अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले अन्तर्राष्ट्रिय स्तरको अर्को अवार्ड पाउनु भएको छ । उहाँले एआईएम एल्मुनाइ अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए अवार्ड) प्राप्त गर्नु भएको छ ।
फिलिपिन्समा रहेको एसियन इन्ष्टिच्युट अफ मेनेजमेन्ट (एआईएम) ले त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरु मध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई यो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ । यसअघि शन्ति क्षेत्रमा गरेको योगदान वाफत अन्तर्राष्ट्रिय एनपिस अवार्ड पनि पाउनु भएको थियो ।
पौडेलले महिनावारीका कारण हुने विभेदविरुद्ध गरिरहेको कामलाई इन्ष्टिच्युटले अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको प्रतिक्रिया बताउनुभयो । मर्यादित महिनाबारीका विषयमा उहाँले लामो समयदेखि अन्तर्राष्ट्रियस्तरमा नै नेतृत्व लिइरहनु भएको छ ।
यस पटक कलेजले विश्वभरिका कलेजबाट अध्ययन पूरा गरिसकेका ४५ हजार विद्यार्थीबाट छानिएका ७ जनामा पौडेल परेको कलेजको वेबसाइटमा उल्लेख छ । विश्वमै यो अवार्डलाई ओजनदार अवार्डको रुपमा मान्ने गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६