काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिद प्रक्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ ।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य अधिकारीको शोक प्रस्ताव पारित गर्न आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
अधिकारीसँग सरोकार नै नभएको वाइडबडी जहाजको विषय जोडेर केही तत्वले उहाँको बद्नाम गर्न खोजको प्रधानमन्त्रीको टिप्पणी छ ।
‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । अत्यन्तै अनुचित ढङ्गले उहाँको कुनै सरोकार नभएको विषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजे, जो सम्पूर्ण रूपमा निराधार कुरा हो ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘वाइडबडी जहाजको कुरा उहाँ मन्त्री हुनभन्दा पहिलेको हो । तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुचि भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’
वाइडबडी जहाजका बारेमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘मलाई दुख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढङ्गले आरोप, लाञ्छना लगाउने र अपमान गर्ने कामहरू पनि भयो ।’
रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो ।’ ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
मन्त्री अधिकारीले नागरिक उड्ययन क्षेत्रमा देखिने गरी असाधरण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, वीराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो ।’ ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
मन्त्री अधिकारी विमानस्थलहरूको अध्ययन भ्रमणकै क्रममा हिजो बिहीवार जमर्नीको म्युनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हिजो उहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्युनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढङ्गको एयरर्पोट ह्याण्डिलिङ बनाउने, उहाँहरूसँग सहकार्य गर्ने उहाँले योजना बनाउनु भएको थियो ।’
नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्ययसमेत गरेको छ ।
अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एक जना हस्ती भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरू प्नि आआफ्नो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्ययसमेत गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५, १७:००