काठमाडौँ । नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएसँगै क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिवेदन टुङ्ग्याउने काम चलिरहेको छ ।
१४ औँ महाधिवेशनले पार्टीको सिङ्गो कार्यसमिति बदल्ने भएपछि शीर्ष नेताहरूको समूहगत भेटघाट, सरसल्लाह नेतृत्वमा पुग्नेमा केन्द्रित छ भने जिल्लास्तरका नेताहरू कस्को नेतृत्वमा पार्टीले गति लिने भन्नेमा चिया चौतारोदेखि, आन्तरिक बैठकमा कुरा गर्न थालेका छन् ।
झापाका काँग्रेस जिल्ला समिति सदस्य पुष्पराज पौडेल सक्षम व्यक्ति महाधिबेशन प्रतिनिधि नभई सक्षम नेतृत्व चयन नहुने बताउनुहुन्छ ।
‘नेतृत्व राम्रो हुनुपर्नेमा दुई मत छैन ।’ पौडेल भन्नुहुन्छ, ‘नेतृत्व सक्षम र दुरदर्शी भएको छनोट गर्नको लागि जिल्लाबाट सिफारिस भएर जाने प्रतिनिधि नै पनि असल हुनुपर्छ ।’ अबको नेतृत्व काँग्रेसलाई एकताबद्ध बनाउने खालको हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
लोकतान्त्रि पार्टी भनिए पनि काँग्रेस गुटउपगुटको राजनीतक अभ्यासमा छ । यसबीचमा पनि आगामी महाधिवेशनबाट गुटको अन्त्य हुनुपर्ने बताउँनुहुन्छ रौतहट जिल्ला सभापति कृष्ण यादब । काँग्रेसका जिल्ला तहका नेता पार्टीभित्रको गुट देखेर हैरान भएको प्रतिक्रिया दिन्छन् ।
पार्टीको नेतृत्व गर्ने चाहनासहित काँग्रेसका शीर्ष नेताहरु देश दौडाहमा छन् । पार्टीभित्रको गुट अनुृसारका नेताले नेतृत्वको दावी गरिरहँदा गुल्मी जिल्ला सचिव बिष्णु सापकोटा भने दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने विचार राख्नुहुन्छ ।
‘अहिले जजसले पार्टी हाँकिरहनुभएको छ, उहाँहरु पर्टीको अभिभावक हुनुहुन्छ । तर अबको पालोमा नेतृत्व भने दोस्रो पुस्तालाई हस्तान्तरण हुनुपर्छ ।’ सापकोटाले भन्नुभयो ।
अहिलेका सभापति शेरबहादुर देउवाले फेरि दोहोरिने आकाङक्षा राख्नुभएको छ । देउवाको यो आकाङ्क्षापछि १३ औ महाधिवेशनमा पराजित रामचन्द्र पौडेल र त्यही महाधिबेशनबाटै नयाँ गुट बनाएका कृष्णप्रसाद सिटौलाको भने देउवालाई जसरी पनि छेक्ने रणनीति छ ।
महामन्त्री शसाङ्क कोइराला, युवा नेता गगन थापा, नेता शेखर कोइरालाको चाहना सभापतिमा भए पनि गुटको भाग मिलाउन त्यति सजिलो भने देखिँदैन ।
काँग्रेस बाँकेका जिल्ला सचिव तप्त पौडेल अबको नेतृत्व गुटगत राजनीति अन्त्य गर्ने खालको आउनुपर्ने धारणा राख्नुहुन्छ ।
काँग्रेसले आउँदो वर्षको फागुन ७ देखि १४ गतेसम्ममा सक्नेगरी महाधिबेशनको मिति तोकेको छ । गाउँनगर तहबाटै नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्न सके शीर्ष नेतृत्वमा नयाँ अनुहार देख्न पाइने काँग्रेसका नेताकार्यकर्ताहरूको बुझाइ छ ।
हालको नेतृत्व आएपछि भएको चुनावमा परिणाम राम्रो नआएपछि कार्यकर्ता तहमा एक किसिमको निरासा छाएको उल्लेख गर्दै काँग्रेसका नेता आफ्नै स्वास्थ्र्यमा मात्रै तल्लिन भए कि भन्ने आशङ्कालाई तोड्ने खालको नेतृत्व आउनु आवश्यक रहेको पौडेलको भनाइ छ ।
जिल्ला तहका नेताकार्यकर्ता अबको काँग्रेसको नेतृत्वमा दोस्रो पुस्ताका नेताले गरुन् भन्ने चाहन्छन् । हुम्लाका जिल्ला सचिब मोहनबिक्रम सिंह भने देशलाई नै दिशा निर्देश गर्नसक्ने नेतृत्वको पर्खाइमा हुनुहुन्छ । काँग्रेस भित्रका युवाहरूको एक समूहले युवाहरूलाई कसरी पार्टीको केन्द्रीय नेतृत्वमा ल्याउने भन्ने बारेमा आन्तरिक रूपमा छलफल गरिरहेको उहाँले बताउनुभयो ।
लोकतान्त्रि पार्टी भनिए पनि काँग्रेस गुटउपगुटको राजनीतक अभ्यासमा छ । यसबीचमा पनि आगामी महाधिवेशनबाट गुटको अन्त्य हुनुपर्ने बताउँनुहुन्छ रौतहट जिल्ला सभापति कृष्ण यादब । काँग्रेसका जिल्ला तहका नेता पार्टीभित्रको गुट देखेर हैरान भएको प्रतिक्रिया दिन्छन् ।
अबको महाधिबेशनले पार्टीलाइ एक ढिक्का बनाउन नसके काँग्रेसले आफ्नो बिरासत जोगाइराख्न नसक्ने कार्यकर्ताको तहबाटै छलफल सुरु भएको छ । त्यसको लागि कसलाइ पार्टी सभापति बनाउने ? भन्नेमा पनि चर्चा चल्न थालेको छ ।
काँग्रेसले आउँदो वर्षको फागुन ७ देखि १४ गतेसम्ममा सक्नेगरी महाधिबेशनको मिति तोकेको छ । गाउँनगर तहबाटै नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्न सके शीर्ष नेतृत्वमा नयाँ अनुहार देख्न पाइने काँग्रेसका नेताकार्यकर्ताहरूको बुझाइ छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६, ११:१२