काठमाडौं । एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जेल चलान हुनुभएकोछ छ ।
उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न सुनसरीको झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ।
सुनसरीको चतराधामका बाबाका रुपमा चिनिने गिरीलाई उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसयता सम्पर्कविहीन रहेका गिरी आज मंगलबार सुनसरी जिल्ला अदालतमा हाजिर हुनुभएको थियो ।
एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर दोस्रो साता पक्राउ परेका ४६ वर्षीय गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गत पुस १४ गते तीन लाख रुपैयाँको धरौटीमा रिहा हुनुभएका थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६, १४:२२