सुर्खेत । सुर्खेतको भेरी नदी तर्ने बित्तिकै शुरु हुन्छ, एउटा सुन्दर उपत्यका । त्यहि उपत्यका हो, कर्णाली प्रदेशको राजधानी बीरेन्द्र नगर सुर्खेत ।
बुलबुले तालसँग परिचय जोडिएको सुर्खेत कर्णालीको ढोका पनि हो । सुर्खेतबाट उत्तर तिर लागेपछि दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला पुगिन्छ । तर पहाड छिचोल्दै सबै जिल्लाबाट सुर्खेत झर्नेहरु थपिदैछन् । सुर्खेत उपत्यकालाई दुई भाग बनाएर बगेको खोर्के खोलाको नजिकैको सडक पेटीमा दैलेखबाट झर्नुभएका मोतिकला खड्का बदाम भुट्दै हुनुहुन्थ्यो । ६२ वर्षका खड्का सुर्खेत झरेको पनि १२ वर्ष भयो । उहाँलाई सुर्खेतले सेवा सुविधा मात्रै होईन, जिविको चलाउने ठाउँ पनि दिएको छ ।
मञ्जु पहिलो पटक सुर्खेत आउनुभएको रहेछ । कालिकोटमा रहँदा हरेक छाक च्याङ्ला र ढिंडो हुन्थ्यो । अचेल खान्की फेरिएको छ । जीवनशैली फेरिएको छ । लाग्छ जीन्दगी पनि फेरिएको छ ।
खड्का जस्तै दैलेखबाट सुर्खेत झरेकाहरु झण्डै आधाआधी छन् । राजा वीरेन्द्रले पहिचान गरेर ठम्याएपछि २०२९ सालमा मध्य–पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र बन्ने अवसर पाएको सुर्खेत अहिले कर्णाली प्रदेशको राजधानी बनेको छ । महानगरमा विकसित हुँदै गरेको विरेन्द्रनगरमा जीवनको लय खोज्दै हुुनुहुन्छ कालिकोटबाट झर्नु भएका अर्गबहादुर शाही ।
‘‘पहाडी क्षेत्रबाट सुर्खेत झरेकाहरु उताको सबै जग्गा जमिन बेचेर आउँछन् । यता त्यहि पैसाले जग्गा किन्नु कि घर बनाउनु ? गाह्रो छ हजुर, व्यापार बिजनेस गर्न पुँजी पनि ठुलो चाहिने !” यो अर्ग बहादुर शाहीको भनाई । सेवा सुविधा खोज्दै सुर्खेत झरेका कतिपय भने आफ्नो क्षमता र चाहना अनुसार काम नपाएर हैरान छन् । तर सुर्खेत प्रतिको मोह चाँही उनिहरुमा झन् बढि देखिन्छ ।
जल, जमिन, पर्यटन, जडिबुटी, भेषभुषा भाषा संस्कृति ले धनी कर्णाली अपार सम्भावनालाई यथार्थमा कसरी ‘धन’मा परिणत गर्न सकिन्छ ? कर्णाली प्रदेशका नागरिकको मूख्य चिन्ता देखिन्छ ।
सुर्खेतको मूख्य सहर वीरेन्द्रनगर सुचना प्रविधीको हब बनेको छ । विकासको गतिसँगै काम पाउन सजिलो हुन थालेको छ । कालीकोटका मञ्जु बुढाथोकीलाई हामी बालुवा चाल्दै गर्दा भेटेका थियौं । श्रीमान श्रीमतिसँगै हुनुहुन्थ्यो । दुवै हँसिला । गफ उस्तै रसिला ।
‘‘हामी त हजुर कालिकोटबाट एकवर्ष भो झरेको । बुढा बुढि सँगै काम गर्छौं खुब रमाईलो छ, छोरा छोरी पढेका छन् । काम पाईएको छ । पैसा पाईएको छ । सुर्खेत राजधानी भईकन खुब राम्रो छ ।” मञ्जु पहिलो पटक सुर्खेत आउनुभएको रहेछ । कालिकोटमा रहँदा हरेक छाक च्याङ्ला र ढिंडो हुन्थ्यो । अचेल खान्की फेरिएको छ । जीवनशैली फेरिएको छ । लाग्छ जीन्दगी पनि फेरिएको छ ।
समग्र कर्णाली प्रदेश विकासमा गरिब मानिए पनि सातै प्रदेशमा पहिलो राजधानीको नाम पाएको सुर्खेत समृद्ध बन्ने बाटोमा हिंडिसकेको छ । सुर्खेतका रैथाने, दलबहादुर खत्रीलाई यस्तै लाग्छ । ‘‘प्रदेश सरकार बनेको एक वर्ष भयो, काम गर्दै छ । अब विकास हुन्छ ।”
सहर प्रतिको बढ्दो आकर्षण र राजधानी हुनुको फाइदा सुर्खेतले पाएको छ । देशको राजधानी काठमाडौंसँगको सीधा सम्पर्क टुटेको ८ वर्षपछि यही वर्षको सुरुवातसँगै सुर्खेतले हवाई सम्पर्क सुरु गरेको छ । नेपालका ३ हजार खोला नालामा झण्डै १५ प्रतिशत र नेपालमा पाइने १४ सय जडिबुटीका प्रकारमध्ये ७ सय भन्दाबढि जडिबुटी कर्णालीमा नै पाइन्छन् ।
जल, जमिन, पर्यटन, जडिबुटी, भेषभुषा भाषा संस्कृति ले धनी कर्णाली अपार सम्भावनालाई यथार्थमा कसरी ‘धन’मा परिणत गर्न सकिन्छ ? कर्णाली प्रदेशका नागरिकको मूख्य चिन्ता देखिन्छ ।
पूरै कर्णाली प्रदेश गरिब छ । यो तथ्य टड्कारो भएपनि संघिय संरचनापछिको परिचय बदल्न स्थानिय र प्रदेश सरकार लागि परेका छन् । सिंगो कर्णालीलाई बदल्दै आफु बदल्ने बाटोमा हिंडिसकेको छ कर्णाली प्रदेशको राजधानी सुर्खेत ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५, १०:५२