काठमान्डौँ । गीतसङ्गीतमा २० औँ वर्षको साधना र निरन्तरताले पनि सधैँ उत्तिकै सफलता नमिल्न सक्छ ।
स्रोता, दर्शकको रुचि र बद्लिएको प्रविधिसँग तालमेल मिलाउन नसके जतिसुकै चलेका गायक पनि गुमनाम बन्न सक्छन् । कुनै दिन चर्चाको शिखरमा रहेका लोक गायक बिमलराज क्षेत्री एक दशक यता ओझेलमा हुनुहुन्छ ।
लोक गायक बिमलराज क्षेत्रिलाई हामीले लामो प्रयासपछि भेटेका हौँ । तर कुरा भने मनपेट खोलेरै गरेका छौँ । अल्लारे उमेरमै कुर्घा, पर्वतबाट झण्डै २० वर्षअघि गायक बन्ने सपना देखेर क्षेत्री राजधानी आउनुभएको थियो । यो बीचमा सङ्घर्ष र सफलताका थुप्रै कथा बुनिए तर बिर्सनै नसक्ने याद उही बाल्यकालको हो ।
उ बेला अहिले झैँ बजार र मुरली कहाँ पाउनु ? बाँसुरी बनाउनकै लागि थुप्रै बाँसका झाङ चाहर्नुपथ्र्यो । त्यसरी बनाएको बाँसुरी मध्येको एउटा, अहिले पनि बिमलसँग छ । त्यही बाँसुरीको धुन पछ्याउँदै बिमल सङ्गितको सागरमा पस्नुभयो ।
क्षेत्रीले कम्पनी खोलेर क्यासेटमा लगानी गरेकै वर्षबाट प्रविधिले फड्को हान्यो । उहाँको निकै ठूलो लगानी डुब्यो र आर्थिक हैसियत गायक बन्ने सपना बोकेर काठमाण्डौँ आउँदाकै अवस्थामा पुग्यो । त्यसयताका दस वर्ष सङ्र्घषमै बितिरहेको छ ।
पर्वतका विमल काठमाण्डौँ छिरेको २१ वर्ष पुगेछ । उहाँको सङ्गीत यात्रा साँच्चिकै रोचक छ । कहिले सफलताको चाङ, कहिले गुमनाम । यसरी नै बित्यो काठमाण्डौँ बसाँईको दुई दशक ।
२०५९ सालदेखि ६३ सम्म गायक बिमलराज क्षेत्रीका गीतहरू निकै चर्चित बने । त्यसबेला उहाँका गीतहरू रेडियोका लोकगीतसम्बन्धी कार्यक्रममा स्रोता, दर्शकका रोजाइमा सबैभन्दा बढी हुन्थे ।
गायक क्षेत्रीका गीतहरूमा समाजका कथाव्यथा र मायाप्रीतिको समिश्रण पाइन्छ । उहाँले आफ्नै घरगाउँका शब्द र भाकालाई पनि गीत बनाएर गाउनुभएको छ ।
त्यसबेला रोजगारीका लागि खाडीमुलुक र मलेसिया जानेक्रम भर्खर भर्खर सुरु भएको थियो । बरु लुकीछिपी काम खोज्दै जापान जाने नेपालीहरू थुप्रै थिए । बिमलराज क्षेत्रीको एउटा गीत आयो ‘जापान टोकियो’ यो गीत रोजगारीका लागि विदेशिने नेपालीको भावना प्रतिनिधित्व गर्छ ।
सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनुछ । ४० वर्षका क्षेत्रीलाई अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर पनि छ ।
गीतहरू चर्चित हुँदा स्रोता, दर्शकको माया स्वाभाविक थियो । हुन त हिजोआज पनि गायक क्षेत्रीलाई उहाँका शुभचिन्तकले बिर्सिएका छैनन् । तर त्यसबेलाको सफलताले अचेल क्षेत्रीलाई जिस्काई रहन्छ । झस्काइ रहन्छ ।
६४ सालपछि उहाँका गीत बजारमा नआएका होइनन् । तर प्रचारप्रसार गर्न नसक्दा ती गीतहरू चल्न सकेनन् ।
क्षेत्रीले कम्पनी खोलेर क्यासेटमा लगानी गरेकै वर्षबाट प्रविधिले फड्को हान्यो । उहाँको निकै ठूलो लगानी डुब्यो र आर्थिक हैसियत गायक बन्ने सपना बोकेर काठमाण्डौँ आउँदाकै अवस्थामा पुग्यो । त्यसयताका दस वर्ष सङ्र्घषमै बितिरहेको छ ।
ती सबै कुरा बिर्सेर क्षेत्रीले एउटा नयाँ गीत गाउनुभएको छ, ‘बुट्टे रुमाल’ । यो गीतले बिमललाई केही चर्चा पनि दिएको छ । १२ वर्षपछि खुसी र सफलता पनि ।
सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनुछ । ४० वर्षका क्षेत्रीलाई अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर पनि छ ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५, १५:०२