काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको विषय ब्यवस्थापिका संसदमा प्रवेश भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तावका रुपमा कोरोना नियन्त्रणको विषय संसदमा पुगेको हो ।
बिहान ११बजेदेखि बजेको बैठकमा सांस्दहरुले भनाई राखिरहका छन । सांसद गगन कुमार थापाले “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
सांसद सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार के.सी. र डाक्टर नारायण खड्काले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।
सीमानाका विषयको संकल्प प्रस्ताव पनि पेश भएको छ ।
सांसद खगराज अधिकारीले “भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले” भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्नु भएको छ ।
सांसद रामकुमारी झांक्रीले प्रस्तावको समर्थन गर्नु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६, १२:५७