काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन सक्ने मौका छोपेर औषधि, अत्याआवश्यक खाद्यान्न र मास्क लुकाउने व्यापारीलाइ कारबाही गर्न सरकार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले कोरना बिरुद्ध सबै जुटौ भन्दै संसदमा प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताबमा छलफल गर्दै सांसदहरुले कोरोनाको संक्रमण हुनु अघि नै बजारमा अनावश्यक हल्ला चलाएर खाद्यान्न र मास्कमा कालोबजारी गर्नेलाइ कारबाही किन नगरेको भन्दै सरकारलाइ प्रश्न गरेका छन् ।
सार्वजनिक महत्वको जरुरी प्रस्ताब राख्दै सांसद थापाले यसबारेमा सरकारले आधिकारिक सूचना जानकारी दिनुपर्ने र आवश्यक तयारीमा बस्नुपर्ने भएपनि त्यसो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । यसबारेमा स्वास्थ्यकर्मिहरु र अस्पतालहरु पनि अलमलमा रहेको प्रति सरकारको ध्यानाकर्षण गराउदै यसबारेमा सरकार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन सक्ने मौका छोपेर औषधि, अत्याआवश्यक खाद्यान्न र मास्क लुकाउने व्यापारीलाइ कारबाही गर्न सरकार गर्न माग गरेका छन् ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति नेकपाका सांसद पूर्णाकुमारी सुबेदीले कोरोना भाइरसको बिरुद्धमा नागरिकमा चेताना अभिबृद्ध गर्दै सरकारी तथा निजि स्तरका ठूला अस्पतालहरुलाइ उपचारका लागि तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । बजारमा मास्क र औषधि किन लुकाईएको छ ? भन्ने प्रश्न गर्दै उहाँले त्यस्ता व्यापारिलाइ कडा भन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली काँग्रेस सांसद दिलेन्द्र बडुले कोरोनको संक्रमण नआउँदै मानिसहरुमा त्रास फलाईएको र अनावश्यक हल्ला चलाएर औषधि र मास्क लुकाउनेहरुलाइ कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपाका सांसद रामकुमारी झाक्रीले वास्तविकता भन्दा धेरै अफवाह फैलिएको भन्दै मानविय संबेदनाका बिषयमा संबेदनशिल हुन आग्ह गर्नुभयो । सामाजिक सञ्जालमा अनेकथरि बिषय आइरहेको छ, आधिकारिक बिषय र सरकारको आधिकारिक धारणा के हो ? सरकारले सार्वजनिक गर्नुपर्दछ उहाँले भन्नुभयो । स्थानीय र प्रदेश सरकार पनि यस बिषयमा जाग्नुपर्ने र सावधानिपुर्वक कामहरु लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
रौतहटका काँग्रेस सांसद देबप्रसाद तिमल्सिनाले भारतका कतिपय स्थानमा यो रोगका संक्रमण भटिएको भन्दै खुल्ला सीमानामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । बजारमा औषधि र मास्क अनि खाद्यान्न लुकाईएकोमा आपति जनाउदै त्यस्ता व्यपारीलाइ कारबाही गर्न किन ढिलाइ गरेको ? भन्दै आपति जनाउनुभयो । यो रोगको उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मिलाइ प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपाका सांसद भिम रावलले भारतको राजस्थान क्षेत्रमा कोरोना भाइरस देखिएको भन्दै खुल्ला सीमानामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । सुदुरपश्चिम प्रदेशका धेरै नागरिक भारततर्फ रोजगारीको लागि जाने गरेको भन्दै यस तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । नागरिकमा त्रास फैलन नदिन तर अस्पताल र स्वास्थ्यकर्मिहरुलाइ तयार पारेर राख्ने बारेमा गम्भिर हुनुपर्नेमा उहाँले सरकारलाइ आग्रह गर्नुभयो ।
काँग्रेस सांसद मीन बहादुर विश्वकर्माले कोरोनाको संक्रमणले व्यापार व्यवसाय, होटल, कृषि क्षेत्र सबै प्रभावित हुने देखिएकाले सरकारले सर्वत्र बिषयमा तयारी गनुपर्नेमा जोड दिदै सचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । जथाभावी रुपमा अपुरो, अधुरो सूचना प्रवाह गर्नुभन्दा पनि आधिकारिक जानकारी सहितको एकद्धार प्रणाली हुनुपर्दछ उहाँले भन्नुभयो ।
यसैगरि सांसद मीना सुब्बाले बजारमा मास्क देखि सेनीटाइजर र अत्याआवश्यक चिजबिजको अभाब भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै यस्तो किन भैरहेको छ ? सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो । संक्रमणको समयमा हवाइ आगमन बन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद तेजुलाल चौधरीले संक्रमणको महामारी फैलन नदिनको लागि कम्तिमा एक महिना देशलाइ शाकाहारी र रक्सि मुक्त बनाउन प्रस्ताब गर्नुभयो ।
लक्ष्मणलाल कर्णले यो भाइरसको बारेमा अनावश्यक रुपमा अफवाह फैलाईएको भन्दै यसबारेमा सर्तक रहनुपर्नेमा जोड दिनुभयो । यो भाइरस खतरा रहेपनि मृत्युदर कम रहेको भन्दै अनावश्यक त्रास फैलाउने काम रोक्नमा जोड दिनुभयो ।
थापाको प्रस्ताबमा सांसद सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार के.सी. र डाक्टर नारायण खड्काले समर्थन गर्नुभएको छ । सांसदहरुले रोगको बिषयलाइ लिएर आतंकित नहुन, सचेत रहन, सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६, १४:११