काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण व्यापक फैलिएपछि इटालीले संकटकाल लागू गरेको छ । नियन्त्रणका लागि इटालीले संकटकाल घोषणा गर्दै ६ रोड मान्छेलाई क्वारेन्टाइनमा राखेको छ ।
सबै नागरिकलाई घरभित्रै क्वारेन्टाइनकै हैसियतमा सुरक्षित बस्न भनिएको वीवीसीले लेखेको छ । कोरोनाभाइरसको संक्रमणका कारण हिँडडुल गर्न समेत कडाइ गरेको छ ।
इटाली सरकारले नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन पनि आग्रह गरेको छ । इटालीमा मंगलबार बिहानसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको छ । चीनपछि इटाली सर्वाधिक कोरोनाभाइरसबाट सङ्क्रमित मुलुक बनेको छ ।
इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गर्नु भएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६, १३:३९