काठमाडौँ । गण्डकी पर्यटन र जलविद्युतको प्रचुर सम्भावना भएको प्रदेश हो । लगभग २१ हजार वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशमा २४ लाख ३ हजार जनसङ्ख्या छ ।
यहाँ लगभग ६० प्रतिशत नागरिक साक्षर छन् भने मानव विकास सूचकाङ्क ० दशमलब ५१ रहेको छ । प्राकृतिक छटाका हिसाबले पनि गण्डकी प्रदेश कम मनमोहक छैन ।
गण्डकी प्रदेशमा ३ सय ८७ वटा उद्योग र २९ जलविद्युत् आयोजना छन् । हिमाल र पहाडका ११ जिल्ला मिलेर बनेको गण्डकी प्रदेश जल र पर्यटनमा धनी छ ।
पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो भने गोरखा, तनहु, लमजुङ पनि पर्यटकीय गन्तव्य बन्दैछन् । पर्यटनको माध्यमबाट पनि गण्डकी समृद्ध बन्ने आधार रहेको विकासविज्ञ डा.सिलवालको भनाइ छ ।
संसारको सबैभन्दा गहिरो गल्छी कालीगण्डकी, धार्मिक पर्यटनका लागि प्रख्यात देवघाट, मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड जस्ता स्थानहरू गण्डकी प्रदेशमा नै छन् । यी सबै सम्भावना बोकेका स्ठानलाई आर्थिक आम्दानीको स्रोत कसरी बनाउने भन्ने बारे प्रदेश सरकारले सोचिरहेको बताउनुहुन्छ मुख्य मन्त्री पृथ्विसुब्बा गुरुङ ।
पोखरा, मुस्ताङ, बन्दीपुर, मनाङ जस्ता पर्यटकीय क्षेत्रहरू पनि गण्डकी प्रदेशमा पर्छन् । बुढीगण्डकी योजनादेखि मस्र्याङ्दी जलविद्युत् योजनासम्म गण्डकी प्रदेशमा छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनास्लु संरक्षण क्षेत्र, गोरखा दरबार, पर्यटकीय गाउँ घलेगाउँ, माथिल्लो मुस्ताङ, कागबेनी, ढोरपाटन शिकार आरक्ष, सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल गण्डकी प्रदेशमा छ । झ्याउरे, मारुनी नाच, घाँटु नाच जस्ता भिन्न सस्कार र सस्कृति पनि गण्डकी प्रदेशमा रहेका छन् ।
प्रदेश र स्थानीय सरकार पुगेपछि गण्डकी प्रदेशमा रोजगारीको दर बढेको छ । पर्यटन, जलविद्युत र स्थानीय सस्कार, सस्कृतिलाई संबद्र्धन गर्न सके गण्डकी प्रदेश अरु प्रदेशभन्दा छिटो समृद्ध बन्न सक्छ ।
देशमा अहिले झण्डै ९ सय मेगावाट बिजुली उत्पादन भएको छ । जसमध्ये, ४ सय २५ मेगावाट विद्युत् गण्डकी प्रदेशबाट मात्रै उत्पादन भएको छ । देशकै धेरै क्षमतावान १ सय ४४ मेगावाटको कालीगण्डकी–ए जलविद्युत आयोजना पनि गण्डकी प्रदेशमा छ ।
मादी, सेती, मोदी लगायतका करिडोरबाट हजारौँ मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना छ । जलको सही उपयोग गर्न सके गण्डकी आफू मात्रै समृद्ध बन्दैन, अरु प्रदेशलाई पनि समृद्ध बनाउन सक्ने क्षमता राख्ने बताउनुहुन्छ बिकासका विज्ञ डा. सुरेन्द्र सिलवाल ।
पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो भने गोरखा, तनहु, लमजुङ पनि पर्यटकीय गन्तव्य बन्दैछन् । पर्यटनको माध्यमबाट पनि गण्डकी समृद्ध बन्ने आधार रहेको विकासविज्ञ डा.सिलवालको भनाइ छ ।
प्रदेश र स्थानीय सरकार पुगेपछि गण्डकी प्रदेशमा रोजगारीको दर बढेको छ । पर्यटन, जलविद्युत र स्थानीय सस्कार, सस्कृतिलाई संबद्र्धन गर्न सके गण्डकी प्रदेश अरु प्रदेशभन्दा छिटो समृद्ध बन्न सक्छ ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५, १५:४१