काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न विदेशका नागरिकलाई रोक लगाएको छ । भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ ।
भारले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत शुक्रबार देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो। कोरोना भाइरस’ (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न भारत सरकारले करिब १२५ वर्ष पुरानो कानुन लागू गरेको छ ।
मन्त्रिपरिषदका सचिव राजीव गौबाको अध्यक्षतामा बुधबार बसेको समीक्षा बैठकले १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड दुईको व्यवस्था लागू गर्ने निणय गरेको हो ।
स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६, १२:५३