काठमाडौंं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमती सोफी ट्रूडो कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । प्रधानमन्त्रीकी श्रीमती सोफी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँलाई आइएसोलेसनमा राखिएको छ ।
क्यानडाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यसको पुष्टि गरेको छ । सोफीसँगै अब प्रधानमन्त्री जस्टिन पनि आइसोलेशनमा बस्नु भएको वीवीसीले जनाएको छ । उहाँहरुलाई अस्पतालमा नभई घरमा नै आइसोलेशन राखिएको छ ।
प्रधानमन्त्री जस्टिनले अब घरबाटै कामकाज सम्हाल्नु हुनेछ । सोफी मंगलबार लन्डनबाट फर्किनु भएको थियो ।
परीक्षणका रिपोर्टले सोफीलाई कोरोना संक्रमणका लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रधानमन्त्री जस्टिन ट्रुडुमा लक्षण नदेखिए पनि चिकित्सकहरूको सल्लाहबमोजिम उनी पनि १४ दिनको ‘सेल्फ आइसोलेसन’ मा बस्न लाग्नु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६, ११:०३