काठमाडौं । ३० वर्षअघि देशमा भएको आन्दोलनका कारण झन्डै एकलाख भुटानी, शरणार्थीको रुपमा नेपाल भित्रिए । झन्डै तीन दशकदेखी नेपालमा बसोबार गरिरहेका उनीहरू दातृ निकायहरूको सहयोग रोकिएपछि अहिले अप्ठ्यारोमा परेका छन् ।
झापाको बेल्डाँगी शरणार्थी शिविर कुनैबेला ठूलै गाउँ थियो । एक दशक अघिसम्म लहरै उभिएका टहराहरू कोही रित्तो छन्, कुनैमा कुर्ने मान्छे मात्रै भेटिन्छन् ।
कोही अमेरिका छिरे कोही अष्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्यान्ड पुगेपछि परिवारका केही सदस्य जीर्ण शिविर कुरिबसेका छन् । शिविरको मध्यभागको बिसौनीमा आफन्तसँग भेट हुने आशाको पर्खाइमा भेटिनुभयो, ७९ बर्षका एक जेष्ठ नागरिक ।
झापाको बेल्डाँगी शरणार्थी शिविर कुनैबेला ठूलै गाउँ थियो । एक दशक अघिसम्म लहरै उभिएका टहराहरू कोही रित्तो छन्, कुनैमा कुर्ने मान्छे मात्रै भेटिन्छन् ।
उहाँले भन्नुभयो, ‘म एक्लै छु, दुईभाइ छोराको परिवार, एक बहिनी छोरीको परिवार पहिल्यै अमेरिका गए ।’
तर उहाँ भने अमेरिका जानुभएन । उहाँलाई अमेरिका जाने मन पनि छैन ।
उहाँले अगाडी भन्नुभयो, दुईभाइ छोरा, तीन बहिनी छोरीको परिवार जम्मै भुटानमै छन् । बुढी मान्छे भुटानमै छन्, मेरो त । दुई खायल जग्गा छ । अलैंची छ बारीभरी ।’
घर फर्कने आशा सुनाउँदै उहाँले अझै अगाडि भन्नुभयो, आशा त छ मलाई । तर आशा आशै वनिबास हुने हो कि । नेपाल सरकारले, भारत सरकारले पनि पहल गरेर आफ्नो ठाउँमा पु¥याइदियो भने.........मैले कसैको चोरेको नि थिइनँ, लुटेको नि थिइनँ, कसैको ज्यान मारेको पनि होइन ।’
३० वर्ष भयो शरणार्थीका रुपमा नेपाल बसेको । आधा परिवार अमेरिका, आधा भुटानमै, आधा नेपालमा, शरणार्थी शिविरमा । धेरैको परिवार छिन्नभिन्न भएको छ ।
३० वर्ष भयो शरणार्थीका रुपमा नेपाल बसेको । आधा परिवार अमेरिका, आधा भुटानमै, आधा नेपालमा, शरणार्थी शिविरमा । धेरैको परिवार छिन्नभिन्न भएको छ ।
६४ वर्षका मालती तामाङ कागजपत्र नपुगेर तेस्रो मूलुक जान पाउनुभएको छैन । छोरा र नातिको परिचयपत्र बनाउन छुटेको छ ।
मालतीले भन्नुभयो, ‘मन त छ नि । तर के गर्नु, आइडि नभएर । म एक्लै जान सक्दिनँ । फेरि बिरामी छु, प्रेसरको बिरामी । हात खुट्टा दुख्ने बिमार छ । उहाँ गएर आफ्नो स्याहार कसले गरिदिन्छ ? अर्काको देशमा ।’
सारा सास्ती र घर फर्किने सपना यतैकतै छोडेर आफन्त तेस्रो मुलुक पसेपछि अभाव, अनिश्चय र असन्तोष खाँदिएर शिवरमा कुरि बस्नेको संख्या झण्डै पाँच हजार छ ।
परिवारका केही सदस्य भूटानमा छन् । कोही तेस्रो मुलुक पुगेपछि उनीहरूको सम्झनाहरू रुँगेर पर्खिनेहरुमा स्वदेश फर्किने आशा मरेके छैन ।
देश थियो र घर थियो । सम्पत्ति थियो र तालाचाबी सबै थियो । सबै छुट्यो । सबै छोडेर आएपछि शरणार्थीसँग केवल हन्डर र ठक्कर मात्र बाँकी थियो ।
३० वर्षअघि भुटानबाट खेदिएको प्रसङ्ग सुनाउँदै शिविर कुरिरहनु भएका ६४ वर्षका पदमलाल पोखरेलले पनि स्वदेश फर्किने आश मार्नु भएको छैन ।
पोखरेलले भन्नुभयो, ‘ भुटानले लान सक्नुपर्छ, भारतले बाटो दिनसक्नुपर्छ, अनिमात्रै हो । किनभने भारत सरकार सँगै लागेर हामीलाई मेचिको पुल पार गराएको हो । यति दुःखले पार गरेको छ, अहिले पनि हामी सम्झिरहेका छौं । भुटानले मात्रै नेपाल ल्याएर हुल्ने क्षमता थिएन ।’
सारा सास्ती र घर फर्किने सपना यतैकतै छोडेर आफन्त तेस्रो मुलुक पसेपछि अभाव, अनिश्चय र असन्तोष खाँदिएर शिवरमा कुरि बस्नेको संख्या झण्डै पाँच हजार छ ।
१ लाख १३ हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगेपछि अहिले बेल्डाँगी शिविरमा ४४ सय ६७ शरणार्थी छन् । त्यसबाहेक दर्ता छुटेका र नयाँ आएका शरणार्थी पनि परिचय खोजिरहेका छन् ।
दर्ता भएका, दर्ता प्रक्रियामा छुटेका र नयाँ आएका, सबैको समस्या फरक फरक छ । माघ दोश्रो साताको एउटा मंगलबार शरणार्थी शिविर पुग्दा त्यस्तै परिचय खोज्नेहरू शरणार्थी व्यवस्थापन कार्यालयमा लामबद्ध थिए ।
साताको दुईदिन मंगलबार र शुक्रबार शरणार्थीलाई आवश्यक कागजात बनाइदिन इलाका प्रशासन कार्यालय दमकबाट सरकारी अधिकारी शिविर पुग्ने रहेछन् ।
शरणार्थीको व्यवस्थापनको जिम्मा लिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)को झापा स्थित कार्यालय पनि अब हट्दैछ । त्यसपछि के गर्ने होला ? अहिले हरेकको मुखमा यही प्रश्न छ । बेल्डाँगी शिविरका सचिव कृष्णबहादुर सुब्बा आफैंले पनि उत्तर भेट्नु भएको छैन, जवाफ के दिने ?
परिवारका केही सदस्य भूटानमा छन् । कोही तेस्रो मुलुक पुगेपछि उनीहरूको सम्झनाहरू रुँगेर पर्खिनेहरुमा स्वदेश फर्किने आशा मरेके छैन ।
सुब्बाले भन्नुभयो, ‘जबसम्म दिर्घकालीन समस्याको समाधान हुँदैन, तबसम्म जुन एउटा दातृ निकाय र नेपाल सरकारको सपोर्ट थियो, त्यो निरन्तरता हुनुपथ्र्यो र हिजो त्यो प्रतिबद्धता पनि थियो । तर त्यो आज देखिएन ।’
युवा अवस्थाका अधिकांश मानिस तेस्रो मूलुक जान चाहन्छन् । उमेर ढल्केकाहरूलाई आफ्नै देश फर्कन मन छ । युरोप पुगेपछि भोलीको सुख शयलको कल्पनाभन्दा देशको मायाले उनीहरूलाई डोहोर्याइरहेको छ । उनीहरू आफ्नै देशको माटोमा मर्न चाहान्छन् । त्यसैले घर फर्कन चाहिरहेका छन् ।
कतिपय सन्तान वृद्ध अभिभाकलाई काठमाडौं हिडेको, आफन्त/साथीभाइको विवाह/ब्रतबन्धमा हिडेको भनेर छलेर हिड्ने रहेछन् । युरोप पुगेका उनीहरू वर्षौ भयो नफर्किएको । शिविर व्यवस्थापन समितिका सदस्यहरूसँग कुरा गर्दा यस्ता घटना थुप्रै भएको थाहा भयो ।
युवा अवस्थाका अधिकांश मानिस तेस्रो मूलुक जान चाहन्छन् । उमेर ढल्केकाहरूलाई आफ्नै देश फर्कन मन छ । युरोप पुगेपछि भोलीको सुख शयलको कल्पनाभन्दा देशको मायाले उनीहरूलाई डोहोर्याइरहेको छ ।
शरणार्थी शिविरमा तीन खाले मान्छे छन् । एकथरी भनिदिने, बोलिदिने नभएर बसेका छन् । नेपालमै बस्न चाहने पनि छन् । अर्काथरी, सिमित परिवार भुटानभित्रै छन् । आफ्नै जन्मभूमिमा जान पाइएला भन्ने अझै आशमा छन् ।
तर, देश छाडेपछि जिन्दगीले कति मोड लियो ? गन्न नभ्याएका उनीहरू त्यो आशा पूरा होला त ? जवाफ दिने ठाउँ नभेटेपछि आफैसँग सोधिरहेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, चैत १, २०७६, ०९:४२