काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भरत महोन अधिकारीको राजकीय सम्मानका साथ अन्तेष्टि गरेको छ । शनिबार राती ह्याम्स अस्पतालमा निधन भएका पूर्व अर्थमन्त्री अधकारीलाई उनलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिए । सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।
............................
पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । लामो उपचारका क्रममा उहाँको हिजो शनिबार राती निधन भएको हो । काठमाडौंको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिबार राति ९ः३५ निधन भएको चिकित्सकले घोषणा गरेका हुन् ।
करेन्ट निमोनिया कारण ८२ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो। अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ । आज बिहान ९ देखि १२ बजेसम्म राखिने छ । अधिकारीका तीन छोरी छन्।
- तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री हुनुभयो । ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम उहाँकै पहलमा घोषणा गरिएका हुन ।
वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गर्नुभयो ।
२००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ हुन् । २००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए।
नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बन्नु भएको थियो ।
तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री हुनुभयो । ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम उहाँकै पहलमा घोषणा गरिएका हुन ।
नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डु सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी कार्यक्रम समेत ल्याउनु भएको थियो ।
नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वाचित भएका उहाँ दोस्रो संविधानसभामा समानुपातिक सभासद बन्नु भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५, ०५:१६