काठमाडौं । यहि चैत १५ गतेका लागि तय गरिएको सामुदायिक रेडियो प्रशारक संघ अकोराबको सातौं अधिबेशन तथा १५ औं साधारणसभा स्थगित भएको छ ।
गत पुस ९ गते सम्पन्न केन्द्रिय समितिको बैठकले तय गरेको अधिवेशन कोरोना भाईरस कोभिड उन्नाईसको संक्रमणबाट बच्नको लागि सरकारले सभासम्मेलन स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको हो ।
आज बसेको अकोराबको सचिवालय बैठकले अबिधेशन बैशाख २१ गतेका लागि सार्ने निर्णय गरेको महासचिब गोबिन्द देबकोटाले जानकारी दिनुभयो ।
बैठकले चैत्रको ९ गते परेको संघको वार्षिकोत्सव सभासम्मेलन नगरी कोरोना नियन्त्रणसम्बन्धी रेडियो कार्यक्रम र सम्वाद सञ्चालन गरेर मनाउन प्रदेश र जिल्ला समितिका साथै सबै सदस्य रेडियोहरुलाई आग्रह गरेको छ ।
संघले रेडियोको प्रसारणलाई कोरोना भाईरस संक्रमणबाट जोगिने बिषयमा केन्द्रित गर्न र सचेतना अभियानमा जुट्न आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६, १९:४९