काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २० वटा महत्वपूर्ण कदम उठाएको छ । सरकारका कदममध्ये अन्र्तराष्ट्रिय विमानस्थल अस्थाई लकडाउन देखि विद्यालय बन्दसम्म रहेका छन ।
-युरोपका सबै देशसहित पश्चिम एशिया तथा खाडी मुलुक सहित चीन, जापान तथा दक्षिण कोरिया लगायत प्रभावित देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
-देशभित्र धेरै मानिसको भेला हुन सक्ने कार्यक्रम र सार्वजनिक स्थानहरुमा पनि नियन्त्रण कायम गरेको छ ।
-सार्वजनिक यातायात, होटल र रेस्टुराँमा संक्रमणलाइ निष्क्रिय पार्ने उपाय अनिवार्य रूपमा अपनाउन भनेको छ ।
-विदेशबाट आउँदा स्वनिगरानीमा बस्नैपर्ने, अति आवश्यक नपरी घरबाट बाहिर निस्कन नहुने र भेला पनि नगर्न भनेको छ ।
-सरकारले कोही नेपाली कोरोनाबाट प्रभावित भएमा त्यसको उपचार सरकारी अस्पतालबाट गर्ने निर्णय पनि गरेको छ ।
- कोरोना रोकथामका लागि सरकार धेरै मानिस जमघट हुने सार्वजनिक स्थलहरु सिनेमा हल, डान्स क्लब, सांस्कृतिक केन्द्रहरु , रंगशाला, संग्रहालय, स्वीमिङ पुल, जिम खानासहितका मनोरञ्जन क्षेत्रलाइ पनि १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको छ ।
-धार्मिक स्थलमा पनि अब २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।
- सरकारले नेपालमा रहेर आफ्नो स्वदेश जान नपाएका विदेशीहरुलाइ भने आवश्यक्ता अनुशार भिजा थप्ने र टिकट सार्नु पर्नेहरुलाई अतिरिक्त सुविधा नलिने भएको छ ।
-विद्यालयदेखि विश्व विद्यालयसम्मका देखि सबै शैक्षिक संस्था भने चैत मसान्तसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
- सरकारले सार्वजनिक सवारी साधन नियमित सरसफाइ गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरेको छ ।
- सिट क्षमताभन्दा बढी यात्रु नबोक्न पनि सरकारले यातायात व्यवसायीहरुलाई भनेको छ ।
-प्रहरीलाई विदा बस्न रोक लगाएको छ ।
-कारोनाको उपचारमा खटिने चिकित्सकलाई ७५ प्रतिशत र कर्मचारी ५० प्रतिशत भत्ता दिने निर्णय भएको छ ।
-उपचार वा उद्धार गरिरहेका बेला चिकित्सक वा कर्मचारी संक्रमित भएर मृत्य भए १० लाख क्षतिपूती दिइनेछ ।
-कोरोना बारे अफवाह फैलाउनेलाई कारवाही गर्ने निर्णय भएको छ।
-सञ्चार माध्यमले गलत सन्देश दिए कारवाही गरिनेछ ।
- होटेल सपिङमहल, रेष्टुरेन्टमा हात सफाई गर्ने पानी, सावुन वा कुनै सामग्रीको व्यवस्था गर्न निर्देशन दिइएको छ ।
-स्थानिय सरकारलाई नियमित हरेक दिन दिउँसो २ बजे कोरोना बारेको रिपोर्ट दिन निर्देशन दिइएको छ ।
-आपूती सहज बनाउन गृह, आपूर्ती मन्त्रालयको साझा सयन्त्र हरेक दिन अनुगमन गरिने छ ।
-नेपाली सेना हाइलअर्टमा बस्ने, अस्पताल निर्माणदेखि विषेश टोली परिचालन गरिने ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६, ११:५७